हेटौंडा \ हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडा निवासी समाजसेवी भीमसेन पौडेलले आफनो स्वर्गीय धर्मपत्नी दुर्गादेवी पौडेलको जन्मदिनको अवसरमा छात्रवृति वितरण गरेका छन ।
हेटौडा–५ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ४ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत सोहिल रोक्का, मिकल राई, स्वीकार योन्जन, र जेनिस राईलाई विहिवार एक कार्यक्रमको आयोजना गरि छात्रवृति वितरण गरिएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम मृतककी सासु कृष्ण कुमारी पौडेलको सभाध्यक्षतामा छात्रवृति वितरण गरिएको थियो ।
कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, नेपाल पत्रकार महासंघ, बामगती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, विद्यालयकी प्रअ.मन्दिरा घिमिरे, नवराज पौडेल, राजकुमार पौडेल, रोहित पौडेल, रोशन पौडेल, समाजसेवी गौरवकुमार पारजुली, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षिका लगायतको सहभागिता थियो ।