हेटौंडा \ नेपाल तरुण दल हेटौंडा-६ कार्य समितिको आयोजनामा शुक्रबार जिल्ला स्तरीय खुला दौड प्रतियोगिता भएको छ । नयाँ वर्ष २०८० को अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता भएको हो । तरुण दल वडा ६ का अध्यक्ष कमल कोइरालाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
हरेक वर्ष बैशाख १ गते खुला दौड प्रतियोगिता गर्दै आइरहेको तरुण दलले यस कार्यलाई निरन्तरता दिदैं शुक्रबार दौड आयोजना गरेको हो । प्रतियोगितामा ५७ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सन्दीप मिजार प्रथम, उमेश गोङ्बा द्धितीय र शेरब स्याङ्तान तृतीय भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । सोही प्रतियोगितामा सहभागिता जनाएका बालकतर्फ विपिन गौतम र शिव मगर साथै महिलातर्फ प्रनिता पुडासैनी र दिक्षा राईलाई प्रोत्साहन स्वरुप नगदबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा पार्टी जिल्ला सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिव भीमसेन महत, हेटौंडा उपमहानगरका उपमेयर एंव नेपाली कांग्रेस मकवानपुर क्षेत्र १ को (ख) सभापति राजेश बानियाँ, वडा नम्बर ६का अध्यक्ष विष्णुबहादुर दाहाल, वडा ६ का अध्यक्ष दामोदर गौतम, १६ का अध्यक्ष रामकृष्ण कोइराला, १७ का अध्यक्ष उद्धव सत्याल, पार्टी वडा ६ सभापति रामहरि तिमल्सिना, तरुण दल जिल्ला सचिव सचित थापा, जिल्ला सदस्य राजकुमार बास्तोला लगायतकाको आतिथ्यता रहेको थियो ।
यस प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिदैं अघि बढ्ने तरुण दल वडा समितिले जनाएको छ ।