हेटौडा \ हेटौडामा शुक्रबार देखी प्रर्दशनमा आएका चलचित्र ‘बिहे पास’ र ‘जारी’ उत्साहका साथ प्रर्दशन भईरहेका छन् । हेटौडाका दर्शकहरुले बिहेपास भन्दा जारीलाई बढी मन पराएको पाईएको छ । हेटौडाका दुई सिनेमाघर एनएस सिनेमाका दुई थियटर र ओम्याक्स सिनेमा घरमा यो चलचित्रहरु प्रर्दशन भईरहेकाछन ।
नयाँ वर्षको दिन बैशाख एक गते दर्शकहरुको राम्रै सहभागीता रहेको एनएस सिनेमाघरका संचालक नवराज आचार्यले बताए । उनले राम्रा चलचित्र प्रर्दशन भएकाले पनि नयाँ वर्षका दिनमा हेटौडाका दर्शकहरुको चाप बढेको बताएका छन् । दुबै चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनय गरेकाछन । अभिनेता राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’ मा दया र प्रकृतिसंगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेलको अभिनय रहेको छ । प्रवेश पौडेलको निर्देशन रहेको यो चलचित्र विवाहको कथामाथि बनेको दर्शकहरुले प्रतिकृया दिएकाछन् ।
उता शुक्रबार देखीनै प्रर्दशनमा आएको अर्को चलचित्र ‘जारी’लाई भने हेटौडाका दर्शकहरुले उत्साहजनक साथ दिएकाछन् । उपेन्द्र सुब्बा निर्देशित यो चलचित्रले घरेलू बक्सअफिसमा बम्पर कलेक्सन गरेको चर्चा छ । चलचित्रले लिम्बू संस्कारमा रहेको ‘जारी’ प्रथालाई प्रमुख कथा बनाएर श्रीमान् श्रीमतीबीचको सुन्दर प्रेमकथा बुनेको छ ।
यो चलचित्रको हेटौडाका दर्शकहरुले पटकथा र संवाद निकै मन पराएकाछन् । रामबाबु गुरुङ निर्माता रहेको यो चलचित्रमा दया संगै अभिनेत्री मिरुना मगर,विजय बराल,रोयदीप श्रेष्ठ,रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो लगायतको पनि अभिनय रहेको छ ।
‘जारी’लाई हेटौडाका दर्शकहरुले मन पराउनुमा यसको स्टारकास्ट बलियो र कथा प्रस्तुती निकै रोचक छ । पहिलो दिनको माउथ पब्लिसीटीले जारीलाई हेटौडामा उत्साहको साथ मिलेको छ । उता ओमयाक्स सिनेमा घर हेटौडामा भने हिजै प्रर्दशनमा आएका चलचित्र ‘बुलाकी’, ‘बिहे पास’ र ‘जारी’ले एकएक शो प्रर्दशन पाएको हलका म्यानेजर रामराज भण्डारीले बताए । यस सिनेमाघरमा पनि ‘जारी’ रिपोर्ट राम्रो भएको बताईएको छ ।