हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले नगरविकासका सन्दर्भमा बहुसरोकारवालाहरुसँग अन्तरक्रियात्मक गोष्ठी शुक्रबार हेटौंडामा भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा तथा उपमहानगरका प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले प्रदेश राजधानी हेटौंडा नगरको समग्र विकासमा सबै पक्ष लागिपर्नुपर्ने बताएका थिए । उनले नगर विकासमा राजनितिक दल, नागरिक समाज लगायत सबैले साझा अवधारणा बनाएर अघि बढ्न आग्रह गरेका थिए ।
त्यस्तै,नगर प्रमुख लामाले हेटौंडा नगर विकासका लागि सरोकारवालाहरुले चासो राखेर सल्लाहसुझाव दिन आग्रह गर्दै उनले हेटौंडालाई नयाँ स्वरुप दिन वडातहमा छलफलका कार्यक्रमहरुलाई अगाडी बढाउने बताइन् ।
अन्तरक्रिया कार्यक्रममा नगर विकासका लागि राष्ट्रि सभा सदस्य खीमलाल देवकोटा, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, विज्ञ डा. कृष्ण दाहालले समग्र हेटौंडा नगर विकासका लागि आफ्नो आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेशका पूर्व मन्त्री एकालाल श्रेष्ठ, प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँ, जिसस प्रमुख ललित बहादुर घलान, उपमेयर राजेश बानियाँ, राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्षहरुले समग्र नगर विकासका लागि आफ्नो भनाई व्यक्त गरेका थिए ।