नेपली चलचित्र ‘जारी’लाई हेटौडाका दर्शक्हरुले दोश्रो हप्तामा पनि मन पराईरहेकाछन् । लिम्बू भाषा समिश्रण गरी बनाईएको यो चलचित्रले लिम्बू समुदायको रितिरिवाज,चालचलन तथा संस्कृतीलाई उठान गरेको छ । लिम्बू समुदायको संस्कृतिलाई मुख्य विषयवस्तु बनाइएको यो चलचित्रमा श्रीमती फिर्ता ल्याउन श्रीमानले गरेको संघर्ष देखाउन खोजिएको छ । प्रेम, रिस रागले आफैलाई भित्र भित्र जलाउछ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । माया हुदाँहुदै पनि अन्जानबस आवेगको झोकमा लिएका निर्णयले सिंगो समाज र परिवारलाई कति कठिनाईमा लैजान्छ भन्ने कुरा चलचित्रमा छ ।
चलचित्रले लिम्बू समुदायको भाषा, कला, रितिरिवाज र पुरानो संस्कृतीलाई देखाउन खोजेको छ । लोपहुदै गएको पुरानो लिम्बूहरुको संस्कृती हेर्न र थाहा पाउन चाहानेले चलचित्र हेर्दा हुन्छ । चलचित्रले मनोरञ्जन संगै सन्देश पनि प्रवाह गरेको छ । उपेन्द्र सुब्बाको निर्देशन रहेको यो चलचित्रमा अभिनेता दयाहाङ राई,अभिनेत्री मिरुना मगर, विजय बराल, प्रकाश सुब्बा, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् । जारी नयाँ वर्षको दिन गएको बैशाख १ गतेदेखी प्रर्दशनमा आएको हो । यो चचित्रले देशभर राम्रो प्रदर्शन गराई रहेको छ । हेटौंडामा पनि चलचित्रको प्रदर्शन रिपोर्ट राम्रो बनेको छ ।
हेटौंडाका दर्शकहरुले चलचित्रलाई अर्गानिक चलचित्रको आभाष गरेकाछन् । लिम्बुहरुको ठेट भाषा चलचित्रमा समावेश छ । यसले अनेकतामा एकता बनाएको बुझ्न सकिन्छ । चलचित्रको निर्देशन पक्ष निकै अब्बल छ । सम्पादन पनि उत्तिकै स्तरीय छ । चलचित्रको गीतसंगीत पक्षलाई उतिसारो मजबुत बनाउन नसकेपनि निर्देश्क सुब्बाले यसमा उठाएको लिम्बु संस्कृतीको कथा निकै साहसपुर्ण मान्न सकिन्छ । किनभने नेपालमा कला,संस्कृती भेषभुषामा आधारीत भएर निर्माण भएका चलचित्रहरु खासै चल्न सकेका छैनन ।
जारी एउटा उत्कृष्ट प्रयासको नमुना मान्न सकिन्छ । कलाकारहरुको अभिनय बेजोड छ । कलाका भकारी कलाकार राई र अभिनेत्री मगरले चलचित्रलाई जुरुक्क बनाएकछन । उनीहरुमै केन्द्रित यो चलचित्रका खम्बाका रुपमा अभिनेत्रीमगर देखिन्छन् । उनको अभिनय निकै उत्कृष्ट रहेको छ । विजय बरालको रगंमञ्चीय कला पनि निकै आर्कषक रहेको छ ।
चलचित्र हेर्ने दर्शकहरुले राम्रो प्रतिकृया दिएकाले चलचित्रले दैनिक व्यापार राम्रो गरीरहेको एनएस हल हेटौडाका हल संयोजक किशोर पौडेलले बताए । उनका अनुसार चलचित्रले दश दिन सम्म एघार लाख कलेक्सन गर्न सफल भएको बताएका छन् । नयाँ वर्षको दिन चलचित्रले एक लाख ६८ हजार व्यापार गर्न सफल भएको थियो भने एभरेजमा यो सिनेमाघरमा दैनिक एक लाखको हाराहारीमा व्यापार भैरहेको उनले बताए ।
यस्तै हेटौडाको अर्को सिनेमाघर ओम्याक्स सिनेमा घरमा पनि चलचित्रले राम्रै व्यापार गरीरहेको छ । यो सिनेमा घरमा अहिले सम्म आठ लाख ७० हजार व्यापार गर्न सफल भएको हलका म्यानेजर सौरभमान सिंङले बताए । यो सिनेमाघरमा पनि चलचित्रले दर्शकहरुलाई आर्कषित गरीरहेको छ । यो सिनेमाघरमा नयाँ बर्षको दिन सबैभन्दा बढी २ लाख ६४ हजार व्यापार गर्न सफल भएको बताईएको छ । चलचित्रले दैनिक एभरेजमा असी हजारको व्यापार गरीरहेको बताईएको छ ।