हेटौंडा \ हेटौडा नगरको समग्र समृद्धिमा विकास अवधारणा, रुपान्तरण, र समृद्धिको आधार –बुदाँगत अवधारणा प्राध्यापक कृष्णप्रसाद दाहालले यसरी प्रस्तुत गरेका छन् । केही दिन अघि दाहालले समग्र नगरको विकासका लागि उक्त अवधारणा विज्ञको रुपमा प्रस्तुत गरेका थिए ।
विकाश अवधारणा : विश्वव्यापी रुपमा दिगो विकासको अवधारणा अगाडि आएको छ । अवको विकाश प्रकृतिमैत्री, वातावरण मैत्री र नागरिकको समुन्नती परिलक्षित रहनुपर्छ । हाम्रा वस्तीहरु अव्यवस्थित वस्तीको रुपमा रहनु हुन्न । हाम्रा घना वस्तीहरुलाई मौलिक पहिचान नगुम्ने ढंगबाट विकाश अवधारणामा जोडिनु पर्छ । प्राकृतिक साधन श्रोतको संयोजन सहित रुपान्तरीत वस्ती विकासमा जोड दिइनु पर्छ ।
यसका लागि निम्नानुसार अभ्यासहरु हुँदै आएको छ ।
Planned city/Urban Planning
Managed city/Modified city
Extensive city/Cultural city/ Specific oriented city(Tourism, Industrial, Nature Friendly, Film city etc.)
Smart city
Smart city आधुनिक शहरीकरणको सशक्त अवधारणाको रुपमा देखापरेको छ । विश्वव्यापी यो लहरले नेपाललाई पनि छोएको छ । नेपालको पाँचखाल Smart city अवधारणा अनुरुप अभ्यास गर्दैछ । यस अवधारणाले निम्नानुसार आधारलाई स्थापित गर्न खोज्दछ । त्यसैको आधारमा नेपाली सन्दर्भमा यस्ता पक्षलाई समेटिनु सान्दर्भिक हुनेछ ।
पूर्वाधार विकास ( भौतिक संरचना, जनशक्ति संसाधन ढाँचा, प्राविधिगत)
प्राकृतिक साधन श्रोतको समूचित परिचालन
एकिकृत शहरीकरण\ सघन वस्तीहरुको विकास, विस्तार
संचार, उर्जा, सामाजिक सुरक्षा मैत्री
स्वनिर्भरता र सवल अर्थतन्त्रको आधार
शिक्षा, स्वास्थ, पिउने पानी, स्वच्छ वातारणमा समान पहुँच
रोजगारी र स्थानीय ज्ञान, सिप, प्रविधिको व्यवसायिकरण
कृषि, पर्यटन रुपान्तरण र समृद्धिको आधार
वन श्रोत, जलश्रोत र खानीजन्य श्रोतको समुचित उपयोग
यातायात, हवाई मार्ग र सडक सञ्जाल, रेलवे, मेट्रो आदि सञ्जाल
online Service
व्यवसायिक प्रवद्र्धन
दिगो विकास अवधारणा र सुशासन प्रत्याभूति ।
हेटौडाको सन्दर्भमा बुँदागत आधार
य हाम्रो विकास अवधारणा, आवधिक योजना, रणनीतिक योजना, कार्यगत ढाँचा संस्थागत संरचना भविष्यको मार्गचित्र तय गर्ने अभियानमा रहनु जरुरी छ । वि.सं २०२६ को नगर ५५ वर्ष पछि समुन्नत नगरको रुपमा रुपान्तरण गर्न निकै कार्य गर्नु पर्ने हुन्छ । त्यसका लागि हाम्रा सोच, परिकल्पना, सपना र धारणा अवधारणागत रुपमा निम्नानुसार बुँदाको सेरोफेरोमा अगाडि बढ्नु सान्दर्भिक हुनेछ ।
हेटौडा वागमती प्रदेशको समेत राजधानी
राजश्वको श्रोत र दायरा
चुरे संरक्षण (नगरको ६१% प्रतिशत भूभाग वनक्षेत्र)
पर्यटन प्रवद्र्धन ( वन, वन्यजन्तु सिमसार, जलाशय र जलश्रोत संरक्षण...)
प्राकृतिक साधन श्रोतको समूचित परिचालन (नौका विहार, जलयात्रा, पदयात्रा, वन उद्यम....)
प्राकृतिक प्रकोप व्यवस्थापन (चट्याङ्ग न्युनिकरण प्रविधि...)
भू–उपयोग र भूमि व्यवस्थापन (भू–खण्डीकरण, अतिक्रमण, उब्जाउयुक्त कृषि भूमिको सुरक्षण...)
एकिकृत वस्ती विकास (विस्तारीत नगर क्षेत्रमा)
पूर्वाधार विकास (शिक्षा, स्वास्थ्य, सञ्चार, उर्जा, रोजगार र आत्मनिर्भरता,....)
वातावरणमैत्री शहरीकरण (बढ्दो तापमान भित्र हाम्रो विकास, River bank restoration, ecological restoration....)
फोहोरमैला व्यवस्थापन (जैविकमल उत्पादन, उर्जा उत्पादन,दीर्घकालिन ल्याण्ड फिल्ड साईट....)
हवाई मैदान विस्तार
कृतिम ताल निर्माण
वानष्पतिक वगैचा परिमार्जन, स्थापना, विस्तार \ पुष्प वाटिका निर्माण
साँस्कृतिक पार्कहरु विस्तार, प्रस्त्रर वगैचा निर्माण
हरित मार्ग विस्तार, वागवानी विकाश, कृषिवन विकाश
खुल्ला क्षेत्रहरु निर्धारण
औधोगिक क्षेत्र उपयोग (परिमार्जन, परिष्कृत)
व्यावसायिक क्षेत्र निर्धारण
पुरातात्विक, सांस्कृतिक संम्पदा र सभ्यता संरक्षण
नदीप्रणाली÷ वहाव संरक्षण
ज्ञान केन्द्र स्थापना, संचालन, विस्तार (पर्यटन, संस्कृति, वातावरण, चुरे संरक्षण...)
जनसंख्या, जनघनत्ववीच सामान्जस्यता र नगर विस्तार\ शहरीकरण
सूचना प्रविधिमैत्री अनलाईन सेवा प्रवाह
निजी क्षेत्र र सहकारी सङ्गको सहकार्य
नागरिक सुरक्षा र सामाजिक सुंरक्षण
स्थानिय ज्ञान, सिप र प्रविधिको संयोजन\ उपयोग\ संरक्षण
समविकास÷ समानुपातिक विकास\समावेशी विकास स्पष्ट आधार
भूमिगत जलभण्डारको सुरक्षण\जलियचक्र र water Recharging केन्द्रित कार्य
स्थानिय उत्पादनमा जोड (कृषि, वागवानी, पशुपालन, कौशी खेती...)
हाम्रो शहर वन डढेलो रहित नगर
वायुमंडलीय प्रदुषण मापन र न्यूनिकरण कार्यक्रम
प्राकृतिक प्रकोप पूर्वानुमान र प्रक्षेपण
घर घरमा रोजगार, हात हातमा स्वरोजगार
नगरपालिकाको संरचनागत र सांगठनिक विस्तार (विज्ञ सल्लाहकार, स्वास्थ सल्लाहकार, वातावरण सल्लाहकार, शिक्षा\वित्त सल्लाहकार.....)
पकेटक्षेत्र निर्धारण : प्राथमिकरण र व्यावसायिक उत्पादन
नागरिक मैत्री नगरको अवधारण
दिगो विकास र सुशासनको प्रत्याभूति
साधन, श्रोतको समुचित वाँडफाँड र विकास अभियानमा समान पहिचान
water Recharging स्थापना, प्रदेशस्तरीय पुस्तकालय विस्तार
सङ्ग्रहालय विकास, विस्तारमा जोड
सांस्कृतिक, सैन्य रणनीतिक क्षेत्रको पहिचान र संरक्षण
छिमेकी पालिका मैत्री र सहकार्य
सृजनशिल नागरिक र श्रृजनामैत्री नगरको अवधारण
प्रदेश तहकै अभिलेखालय विस्तार
खुल्ला संरक्षण क्षेत्र विकास र विस्तार (बजारको मध्यखण्डको बनक्षेत्र....)
मौलिक पहिचान सहित हाम्रो विकास अभियान
साहित्य, श्रृजना र कलात्मकतामा जोड (साहित्यग्राम, साहित्यिक वाटीका। साहित्यकद्धार, साहित्यिक स्तम्भ......)
सह–प्राध्यापक, त्रि.वि. वन विज्ञान अध्ययन संस्थान, हेटौडा । (अवधारण प्रस्तोता विकाश प्रशासनको अध्यता हुनुहुन्छ)