मकवानपुरगढी \ मकवानपुरको साविक बुढीचौर (हाल मकवानपुरगढी—८) निवासी ४१ वर्षका जीवन कुमार लामा विहान बेलुका टनेलभित्र र खेतीपातीमा भेटिन्छन् । उनको दिनाचार्य टेनलभित्रका तरकारीका विरुवा र उत्पादित तरकारीसँग बित्छ ।
बुढीचौरमै टनेल भित्र खेती गर्ने पहिलो अगुवा किसानको रुपमा रहेका लामा १० वर्षदेखी टनेलभित्र तरकारी उत्पादन गर्दै आइरहेका छन् । शिक्षण सेवामा क्रियाशील रहेका लामा शिक्षा सेवा मार्फत नाम निकाल्न नसकेपछि तरकारी खेतीमा लागिएको उहाँ बताउनुहुन्छ । हावापानी र माटो उर्वर रहेका कारण टनेलमा तरकारी खेतीको काम सुरु गरिएको लामा त्यो दिन सम्झछन् ।
मैले सुरु गरेपछि विस्तारै यहाँका अन्य कृषकहरुले पनि टनेल खेती सुरु गर्नुभयो अहिले बुढीचौरमा धेरैजनाले टनेलमा तरकारीखेती गर्ने गरेको लामा बताउनुहुन्छ । ४ जनाको परिवारलाई सजिलै सँग पाल्दै आएका लामाले वार्षिक ९ लाख आम्दानी गर्नुहुन्छ । १३ वटा टनेल एकातिर छ भने अर्को ठाउँमा ८ वटा टनेलमा टमाटर, काउली, सुप, बोडी, काक्रो सिजन अनुसार लगाउने गर्छन् । उनले एक सिजनमा टमाटारबाट नै ७ लाख सम्मको विक्री गर्ने गरेको उहाँले बताउनुभयो । खेतीमा थोपा सिचाँई, मल्चिङ प्रयोग गरिने गरेका लामाले अहिले सम्म सिचाईँमा पानीको समस्या नभएको बताउने लामा वर्षात्को बेलामा ढुवानी र वस्तुको मुल्य नपाउँदा हामी किसानलाई समस्या रहेको बताउनुभयो ।
अर्गानिक उत्पादन गर्ने गरेको छु मैले उत्पादन गरेको काउली तराई र नामटारको काउली भन्दा मेरो महँगोमा विक्री हुन्छ, लामाले भन्नुभयो । हेटौंडा तरकारी मण्डीमा मेरो काउली भने पछि व्यापारीहरुले तछाँडमछाँड गरि लिने गरेको उहाँ बताउनुहुन्छ । सिजनमा सिजनल तरकारीहरु लगाएपछि अफसिजनमा भने टमाटर मात्रै लगाउने लामाले २०७१ सालमा डडुवा रोगले टमाटर खेतीमै आगो लगाएर नष्ट गर्नुपरेको तितो यथार्थ रहेको सुनाउँछन् । गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी र काठमाडौंका चिनेको कृषि प्राविधिकहरुको सरसल्लाह अनुसार खेती उपचार गर्ने गरेका लामाले नेपाल सरकारले कृषकलाई दिएको अनुदान लोन लिएर काम गरेको उहाँले बताउनुभयो । मैले साविक गाविस हुँदा बुढीचौर गाविसबाट उत्कृष्ट किसान भनी २५ हजार नगद सहित सम्मान पनि पाएको उहाँले सम्झनुभयो ।
तरकारी खेती गरेर एक छोरा र एक छोरी उच्च शिक्षाका लागि हेटौंडा राखेर पढाइरहनुभएका छन् । छोरी ११ कक्षा र छोरा स्नातक तहमा पढाइरहेका लामाले आफुले पढाई पुरा नगरे पनि छोराछोरीको पढाई पुरा गराउने तर्फ भने लागिरहेको बताउनुभयो । वार्षिक आम्दानी ८—९ लाख भएता पनि खर्च साढे तीन लाख जति हुन्छ । जे भएपनि रोजगारका लागि वैदेशिक जानुनपर्ने उहाँ सुनाउनुहुन्छ ।