हेटौंडा \ गौतम समाज मकवानपुरको ९ औ जिल्ला साधारण सभा तथा अधिवेसन शनिबार भएको छ । अधिवेशनले भूमिनन्द गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा विजय गौतम, उपाध्यक्षमा रीना गौतम, महासचिवमा राजप्रसाद गौतम, सचिवमा शिव गौतम र कोषाध्यक्षमा सरस्वती गौतम चयन भएका छन् ।
समाजको सदस्यहरुमा पुष्कर गौतम, यमप्रसाद गौतम, युवराज गौतम, उपेन्द्रप्रसाद गौतम, अर्जुन गौतम, विदुर गौतम, लक्ष्मी गौतम र राजकुमारी गौतम चयन भएका छन् ।
अधिवेसनबाट समाजको सल्लाहकारमा केशव प्रसाद गौतम, राजु गौतम, बामदेव गौतम, जयराम गौतम, दामोदर गौतम, दीनानाथ गौतम, चेतप्रसाद गौतम (अर्जुन), नुरप्रसाद गौतम, रीपु प्रसाद गौतम, अर्जुन प्रसाद गौतम, अजमेयर गौतम रहेका छन् ।
राजु गौतमको सभाध्यक्षतामा भएको साधारण सभामा समाजका केन्द्रीय सचिव गोमा गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमको विशेष आतिथ्यता रहेको थियो ।