हेटौंडा \ क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा दुवईमा चौंथो अन्तराष्ट्रिय सोसल अवार्ड २०२२ हुने भएको छ । कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् ।
यस अघि सन्देश ईन्टरनेशनल अवार्ड नाम गरिएको अर्वाडको नाम परिवर्तनगरी अन्तराष्ट्रिय सोसल अवार्ड २०२२ बनाईएको आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अवार्ड का विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै विधा समेट्ने उद्येश्यले अवार्डको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
भदौं २७ गते अर्थात १२ सेप्टेम्वर २०२२ देखी २०७९ असोज ३ अर्थात १९ सेप्टेम्वर २०२२ सम्म दुवई भ्रमण र अवार्ड कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताईएको छ । मुख्य कार्यक्रम भने २०७९ भदौ २९ गते अर्थात १३ सेप्टेम्बर २०२२ दिन बाकुमा हुने बताईएको छ ।
क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालि सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था हो । पहिलो पटक रेडियो सन्देश १०६.९ मेगाहर्ज र विगत १८ वर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १६ औं वार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा भव्य रुपमा सन्देश ईन्टरनेशनल अर्वाड कार्यक्रम आयोजना गरेको र दोस्रो सन्देश ईन्टरनेशनल अवार्ड मलेसिया \ सिङ्गापुरमा र तेस्रो अवार्ड कार्यक्रम दुवईमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले बताए ।
कार्यक्रममा नेपाल बाहेक जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, चाईना सहित विभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ । कार्यक्रममा दुवईको विभिन्न संघ \ संस्था, सामाजिक व्यक्तित्व, उद्योगी\व्यवसायी गरी करिव ४ सय जनाको सहभागिता हुने जनाएका छन् ।
कार्यक्रममा नेपालबाट अवार्ड पाउने व्यक्ति, विज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, विभिन्न संघ\संस्था, सामाजिक व्यक्तित्व, उद्योगी\व्यवसायी लगायत सहभागी हुने जनाइएको छ ।