हेटौंडा \ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा सबै भन्दा बढी चैत्र महिनामा धेरै राजश्व संकलन गर्न सफल भएको छ । चैत्र महिनामा मात्र ४ हजार २ सय ५० सवारी कारबाही मार्फत ३० लाख ९२ हजार राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले बताउनुभयो ।
कार्यालयले चैत्र महिनामा मात्र ८ सय ३८ वटा ट्रकमार्फत ६ लाख ६६ हजार, ४ सय ६० वटा बसमार्फत ३ लाख ४३ हजार,९ सय २७ कार, जीप, भ्यान मार्फत ७ लाख १३ हजार, एक सय ३३ टेक्टर मार्फत ९२ हजार पाँच सय, १ हजार २ सय ५० मोटरसाईकल मार्फत ८ लाख ६८ हजार,टेम्पो तथा अन्य ६ सय ४२ सवारी साधन मार्फत ४ लाख ९ हजार पाँच सय राजश्व संकलन भएको प्रमुख आचार्यले बताउनु भयो ।
श्रावण देखी चैत्र मसान्त सम्ममा २ करोड ४५ लाख ८९ हजार पाँच सय राजश्व संकल गर्न सफल भएको कार्यालयले जनाएको छ । जसमा श्रावण महिनामा ७ सय ६४ सवारी साधन कारबाहीमा परेको र २४ लाख ६ हजार पाँच सय राजश्व संकलन ट्राफिक तथ्याङ्कमा छ । भाद्र महिनामा ५ सय ७६ सवारी साधन कारबाहीबाट २४ लाख ४९ हजार राजश्व संकलन भएको थियो भने यस्तै असोज महिनामा ५ सय ५३ सवारी साधन कारबाहीबाट २५ लाख ५७ हजार, कात्तिक महिनामा ६ सय ४९ सवारी कारबाहीबाट २९ लाख ७५ पाँच सय राजश्व संकलन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
त्यस्तै, मंसिर महिनामा ५ सय २९ सवारी साधन कारबाहीबाट २२ लाख ५२ हजार पाँच सय, पुस महिनामा ६ सय ५८ सवारी कारबाहीबाट २९ लाख १० हजार, माघ महिनामा ५ सय ९७ सवारी कारबाहीबाट ३० लाख ४७ हजार पाँच सय ,फागुन महिनामा ६ सय ४२ सवारी कारबाहीबाट २७ लाख ९९ हजार पाँचसय राजश्व संकलन भएको प्रमुख आचार्यले बताउनु भयो ।
कार्यालयले मापसेमा परेको ३ सय ४० कारबाहीबाट चालु वर्षको नौ महिनामा ३ लाख ४१ हजार, गलत रुटपरमिट कारबाहीबाट ४ हजार ६ सय २४ सवारी साधन मार्फत ३४ लाख ८६ हजार, ओभरलोड बोक्ने २ हजार ५ सय २५ सवारी कारबाहीबाट २५ लाख १८ हजार, सिटबेल्ट तथा हेलमेट नलगाई सवारी चलाउने ४ हजार ३ सय ४६ सवारी साधनबाट २९ लाख ४ हजार राजश्व संकलन गरेको प्रमुख आचार्यले बताउनुभयो ।
उहाँका अनुसार कारबाही पत्र साथमा नबोकी हिड्ने ७ हजार ९ सय ७५ सवारी साधन मार्फत ५६ लाख ५६ हजार, सवारी चालक अनुमती पत्र नबोकी हिड्ने २ हजार ३ सय ९८ सवारी चालक मार्फत २४ लाख २० हजार, बत्तिको अवस्था ठिक नभएको ३ हजार १ सय १२ सवारी साधन चलाएवापत १९ लाख ५४ हजार,तीव्रगतिमा सवारी चलाउने ४ सय ४९ सवारी मार्फत ४ लाख ७ हजार पाँच सय, प्रयोजन विपरीत चलेका ४ सय ५० सवारीसाधन मार्फत ४ लाख २१ हजार पाँच सय, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने २ हजार १९ सवारी मार्फत १८ लाख ६९ हजार र अन्य कारबाहीमा परेका ३ हजार ८ सय २१ सवारी बाट २६ लाख १२ हजार पाँच सय राजश्व संकलन भएको प्रमुख आचार्यले बताउनुभयो । गत वर्ष श्रावण देखी चैत्र सम्म ३२ हजार ८९ सवारी कारबाहीबाट २ करोड ४५ लाख ८९ हजार पाँच सय राजश्व संकल गर्न सफल भएको हो ।