हेटौंडा \ औषधी व्यवसायी संघ मकवानपुरले औषधी खरिद बिक्री सम्बन्धी कानुनी व्यवस्था, औषधी सेवन सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम गरेको छ । शनिबार हेटौंडामा मकवानपुरका औषधी व्यवसायीहरुलाई औषधी बिक्री वितरण गर्दा आईपर्ने कानुनी व्यवधान लगाएतका विषयमा जानकारी गराईएको हो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले औषधी व्यवसायीहरुलाई औषधी वेचबिखन गर्दा सम्वेदनशीलतालाई मध्येनजर गर्दै काम गर्न आग्रह गर्नुभयो । व्यवसायीहरुले प्रतिबन्धित औषधीहरुलाई बेचविखनमा ध्यानदिन सके अपराध कम हुनेमा समेत सचेत गराउनु भयो । उहाँले आजभोली एउटाको नाममा अर्काले ब्यानर राखेर औषधी बेचबिखन गरेको पाईएकोले यस्ता गैरक्रियाकलाप नगर्न आग्रह गरेका थिए ।
मकवानपुरमा १ हजार एक सय ६५ कैदीहरु भीमफेदी कारागारामा रहेको बताउदै ८० प्रतिशत लागु औषध कारोबारमा संलग्नहरु रहेको बताउनु भयो । धेरै जस्तो औषधी पसलहरुबाट पनि लागु औषधको कारोबार भएको भन्ने जानकारी आफुहरुलई आएकाले यस्ता गतिविधिहरुमा नलाग्न उहाँले आग्रह गर्नु भयो ।
अन्तरक्रियामा औषधी व्यवस्था विभाग वीरगंजका प्रमुख मुकेन्द्र पन्जयारले सहजीकरण गर्नु भएको हो । अन्तरक्रियामा मकवानपुरका करीब एक सय ३० जना औषधी व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका प्रदेश सदस्य सुधीर दाहाल,विनोद लामिछाने, विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खान, संघका सल्लाहाकार विष्णु थापा, उपाध्यक्ष संर्घष गुरुग लगाएतले सहजीकरण गरेका थिए ।
संघका महासचिव भरत कार्कीको संयोजकत्वमा आयोजित कार्यक्रम्मा संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले औषधी व्यवसायीहरुलाई यो व्यवसाय गर्दा आईपर्ने समस्या समाधानका लागी अन्तरक्रिया फलदायी हुने बताउनु भयो । यो व्यवसायमा कानुनी झन्झटता धेरै भएकाले पनि यस्ता अन्तरक्रियाबाट सचेतना फैलने उहाँले बताउनु भयो ।