हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले स्थानीय तहले शिक्षामा प्रयाप्त बजेट विनियाेजन गर्नुपर्नेमा जोड दिनु भएकाे छ । हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ काे आयाेजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा ४ काे व्यवस्थापन सनिवार आयोजित एक दिने १ देखि ५ कक्षाकाे एकीकृत पठ्यक्रम २०७६ काे प्रवाेधिकरण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष सिग्देलले नगरलाई समृद्व र उत्कृष्ट बनाउन पहिलाे काम शिक्षालाई उत्कृष्ट बनाउनु पर्ने बताउनु भयाे ।
उहाँले भाैतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, राेजगारी उत्पादनसम्बन्धि क्रियाकलाप व्यापक हुनुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रमका अध्यक्ष तथा शैक्षिक सुधार समिति, हेटाैँडा ४ का संयाेजक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयकाे माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेकाे बताउनु भयाे । कार्यक्रममा वडाले शैक्षिक सुुधारकाे लागि गरेकाे विभिन्न गतिविधि र भावी याेजनाबारे समेत जानकारी गराईएकाे थियाे ।
वडाका ८ वटा विध्यालयका ७० जना शिक्षक सहभागी भएकाे प्रवाेधिकरण कार्यक्रममा राम सागर गुरागाईँले सामाजिक, बेदराज काेईरालाले नेपाली, दीपक अधिकारीले गणित, सुर्य घिमिरे अंग्रेजी र सुवास खनाल सुवासबारे प्रशिक्षण दिनु भएको छ ।
कार्यक्रममा आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष माेहमद समिम, सदस्य रेणुका फूँयाल, भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पाेखरेल, वडा सचिव टीका कंडेलकाे आथित्यता रहेकाे थियाे ।