हेटौंडा \ सर्जक सञ्जाल मकवानपुरको आयोजनामा सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शीतलमहल चोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरिएको छ । भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा दोश्रो दिन सो कार्यक्रम भएको हो ।
कार्यक्रममा पुरूषोत्तम आचार्य, शम्भुप्रसाद बासकोटा, हरि पौड्याल, स्वस्तिका दाहाल, केशव समर्पण, सुवास सजल, संप्रस पौडेल, समर्पण न्यौपाने, सञ्जित श्रेष्ठ, देवराज तिवारी, राजकुमार लामिछाने, माधव पोखरेल, हयग्रीव आचार्य, ऋषिराम पोखरेल आदि सर्जकहरूले भ्रष्टाचार विरूद्धमा विविध रचना वाचन गरेका थिए ।
यसअघि पहिलो दिनको कार्यक्रमका लागी आर्थिक साहयोग साहित्यकार बैकुण्ठ लामिछाने र दोस्रो दिनको कैलाश ढकालले गरेका थिए । कार्यक्रममा साहित्य सर्जक, व्यापारी, स्थानीय, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
दैनिक कार्यक्रम अन्तर्गत मंगलबार संगमचोकमा रचना वाचन हुने संयोजक निमेष निखिलले जानकारी दिए । संयोजक निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा दीपक गौतमले सहजीकरण गरेका थिए ।