नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलसंग भेटघाट तथा छलफल गरेको छ । मंगलवार बिहान मुख्यमन्त्री निवासमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले मूख्यमन्त्री जम्कट्टेललाई भेट गरी कला संस्कृतिकको संरक्षण, प्रर्वद्धन र नेपाली चलचित्र उद्योग तथा पेशाकर्मीहरुको विषयमा ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष निरौलाले चलचित्र उद्योग र यसमा आश्रीत पेशाकर्मीहरुको तथ्याङ्किय रिर्पोट प्रस्तुत गर्दै प्रदेश सरकारले हातेमालो गरीदिन आग्रह गर्नु भयो । उहाँले प्रदेशमा चलचित्रको गतिविधि तथा यसै प्रदेश भित्र बन्ने भनिएको चलचित्र सिटि तथा स्टुडियोका बारेमा समेत प्रभावकारी भुमिका खेलिदिन आग्रह गर्न भयो ।
अध्यक्ष निरौलाले प्रदेश भित्र बन्ने बिभिन्न भाषाभाषीका चलचित्रहरुलाई सहुलियत सहयोगका लागी नीतिगत तहबाट भुमिका खेलिदिन आग्रह गर्न भयो । छलफलमा मूख्यमन्त्री जम्कट्टेलले चलचित्र उद्योगको विकास प्रर्वद्धनमा प्रदेश सरकारको चासो रहेको बताउदै यो क्षेत्रको बृहत्तर विकासका लागी लागीपर्नेमा जोडदिनु भयो । उहाँले यो क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकारले नीतिगत तहबाटै तयारी गर्न लागीपर्ने समेत बताउनु भयो ।
कला सांस्कृतिकको संरक्षण प्रर्वद्धन र नेपाली चलचित्र उद्योग तथा पेशाकर्मीको उत्थानका लागी प्रदेश सरकारले आगामी आर्थिक वर्षका निति तथा कार्यक्रममा समेत यो क्षेत्रलाई समेटने प्रतिवद्धता व्यक्त गर्नुभएको अध्यक्ष निरौलाले बताउनु भयो ।
भेटघाटमा प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठ, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का,सचिव रामेश्वर बुर्लाकोटी, सहकोषाध्यक्ष पवित्रा आचार्य, कार्यसमिति सदस्य गोपाल ढकाल (छन्दे) लगाएतका कलाकर्मीहरुको सहभागीता रहेको थियो । मुख्यमन्त्री संगको छलफलले समग्र नेपाली चलचित्र उद्योग र यसमा आश्रीत पेशाकर्मीहरुलाई सम्बोधन हुने कार्यक्रम ल्याउन मुख्यमन्त्रीले विशेष चासो राख्नु भएको संघका अध्यक्ष निरौलाले बताउनु भयो ।