हेटौंडा \ नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेशको प्रथम भेला शनिबार हेटौंडामा भएको छ । भेलाले हेटौंडाका एसीस रिजालको अध्यक्षतामा समिति चयन गरिएको छ । रिजाल मकवानपुरका युवा मोवाईल व्यवसायी हुन् । उनी मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका पूर्व अध्यक्ष समेत हुन् । महासंघ केन्द्रीय महासचिव रमेश घिमिरे निर्वाचन आयुक्त नियुक्त भई बागमती प्रदेश समितिको निर्वाचन गराएका हुन् ।
प्रदेश समितिको उपाध्यक्षमा काभ्रेका प्रेम प्रसाद दाहाल र ललितपुरका देवभक्त डंगोल चयन भएका छन् । समितिको महासचिवमा चितवनका सुरज पौडेल सचिवमा मकवानपुरका चन्द्रमणी पाठक, कोषाध्यक्षमा मकवानपुरकै मिलन स्याङ्तान, सह-कोषाध्यक्षमा भक्तपुरमा रामगोपाल ख्वालापला चयन भएका छन् ।
समितिको सदस्यहरुमा कुमारमणी त्रिपाटी (मकवानपुर), विक्रम कंडेल(चितवन), रतन भट्ट(चितवन), जलित मिँया(धादिङ), प्रमोद श्रेष्ठ (रामेछाप), श्रीचन्द्र श्रेष्ठ(सिन्धुली), बलबहादुर श्रेष्ठ(सिन्धुली), रुद्रमणी धिताल(काठमाडौं), दिनेश लम्साल(ललितपुर), दीपक अधिकारी(काठमाडौं), दील बहादुर तामाङ(काठमाडौं), विशाल ढकाल(काभ्रे), जीवन बलामी(भक्तपुर), रविन लामा(भक्तपुर) र कुवेर प्रसाद डोटेल(ललितपुर) चयन भएका छन् ।
२७ जनाको कार्यसमितिमा पाँच जना सदस्य आगामी बैठकले थप गरि लैजाने नवनिर्वाचित अध्यक्ष एसीस रिजालले बताएका छन् । निर्वाचन प्रक्रियामा महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाई, प्रदेश संयोजक छतेन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो ।