बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवसले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्नेमा जोड दिनु भएको छ । बागमती प्रदेश सरकार गणतन्त्र दिवस २०८० मुल समारोह समितिको आयोजनामा भएको बिशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको बिशेष उपस्थीतीमा सम्बोदन गदै मुख्यमन्त्री जम्कट्टेलले गणतन्त्र दिवसले समुन्नत प्रदेश निर्माणमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने बताउनु भयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवसका अवसरमा दिनु भएके शुभकामना सन्देश
सोह्रौं गणतन्त्र दिवस २०८० को अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य हामी सबैमा जगजाहेरै छ । यसका लागि आफ्नो जीवन आहुती दिनुहुने जनयुद्द, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै राजनीतिक आन्दोलनका सम्पूर्ण ज्ञात-अज्ञात महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते, अपाङ्ग योद्दाहरुमा उच्च सम्मान व्यक्त गर्दछु । गणतन्त्र स्थापना पश्चात प्रदेश तहको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भईसकेको अवस्थामा सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्याएको छ ।
संविधान प्रदत्त लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्था हाम्रो सामाजिक एवम् राजनीतिक जीवन पद्दतिको रुपमा क्रमशः संस्थागत हुदै गइरहेको छ । कानुनी प्रशासनिक पूर्वाधारको उपयोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी प्रदेशबासी आम नागरिकको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु हाम्रो मुलभूत कार्यभार हो । यसका लागि राजनीतिक अधिकार प्राप्ति पछि दिगो विकासको लक्ष्य सहित सम्बृद्धि र सुशासन हासिल गर्न सबै वर्ग, क्षेत्र, लिङ्ग र जातजातिको समावेशी विकास प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको छ ।
गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैलाई उत्साह प्रदान गरेको छ । नेपालको संविधानले मैलिक हकका रुपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेको सन्दर्भमा बागमती प्रदेश सरकार तिनको प्रभावकारी कार्यान्वयन गर्दै संविधान निर्दिष्ट समाजबाद उन्मुख अर्थतन्त्रको स्थापनाको लागि प्रयासरत रहेको तथ्य सबै प्रदेशवासीमा अवगत गराउन चाहन्छु ।
अन्त्यमा, आजको दिनले प्रदेशवासी बिच सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्रको जगेर्ना, संघीयताको सबलीकरण र गणतन्त्र सुदृढीकरण गर्न एकताबद्ध भई सफल एवम् समुन्नत प्रदेश निर्माणमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा सहित सोह्रौं गणतन्त्र दिवस २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१५ जेष्ठ, २०८० सोमबार
धन्यवाद ।
शालिकराम जम्कट्टेल
मुख्यमन्त्री