हेटौडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएमा लोकतान्त्रिक मूल्य मान्यताका आधारमा मौलिक अधिकारको सुनिश्चित हुनेमा जोड दिनु भयो । १६ औ गणतन्त्र दिवश बागमती प्रदेश मुल समारोह समिति २०८० को आयोजनामा हेटौडामा भएको कार्यक्रमलाई सम्बोदन गर्दै प्रदेश प्रमुख शर्माले गणतन्त्र स्थापना पश्चात परम्परागत राजतन्त्र, एक दलीय पंचायती व्यवस्था र एकात्मक राजकीय प्रणालीको अन्त्य भएका बताउनु भयो । उहाँले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार अझ बढी दृढ सङ्कल्पित हुनुपर्नेमा जोड दिनु भयो ।
आज जेठ १५, संघर्षको यात्रामा कहाली लाग्दा घुम्ती र मोडहरु पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको दिन रहेको बताउदै एउटा गौरवपूर्ण इतिहास निर्माण गरेको दिन रहेको बताउन भयो । यो संघर्षपूर्ण एवं बलिदानी यात्राको आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै बेपत्ता, घाईते एवं अपाङ्ग हुनु भएका वीर योद्धाहरुमा उच्च सम्मान प्रकट गर्नु भएको छ ।
१६ औ गणतन्त्र दिवश बागमती प्रदेश मुल समारोह समिति २०८० को आयोजनामा हेटौडामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माद्धारा सम्बोदन गर्नु भएको मन्तब्य
०६२÷०६३ को बसन्त क्रान्तिको जगमा जन निर्वाचित संविधानसभाले २०६५ जेठ १५ गतेका दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक दायित्व पूरा गरेको हो । यस दिनदेखि परम्परागत राजतन्त्र, एक दलीय पंचायती व्यवस्था र एकात्मक राजकीय प्रणालीको अन्त्य भएको बताउनु भयो । परिणामतः नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भए,लोकतान्त्रिक मूल्य मान्यताका आधारमा मौलिक अधिकारको सुनिश्चित भयो र नयाँ संविधान निर्माण पश्चात दुइवटा निर्वाचन सम्पन्न भई आज सबै तहका सरकारहरु क्रियाशील छन् । महान शहीदहरुको बलिदानको जगमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अघि बढ्नु हामी सबैको दायित्व हो ।
जनताका लागि जनताद्घारा जनताले निर्वाचनको माध्यमबाट शासन गर्ने प्रणाली लोकतन्त्र हो । संसारलाई चियाएर हेर्दा विभिन्न मुलुकहरुले आफ्नो समाज, परम्परा, संस्कृति र भूगोलमा आधारित लोकतन्त्रको अभ्यास गरेको देखिन्छ । बेलायतले राजतन्त्रात्मक संसदीय लोकतन्त्र अंगीकार गरेको छ । जर्मनीले संघीय संसदीय गणतन्त्र भन्छ, फ्रान्सले semi-presidential Republic भनेको छ ।USA ले Federal Presidential Republic भनेको छ । त्यसैगरी भारत, Union of state भएको द्वी सदनात्मक गणतन्त्र र नेपाल सात वटा प्रदेशको समष्टिमा लोकतान्त्रिक गणतन्त्र हो । निरपेक्ष रुपमा शासनको यही पद्घति सर्वोत्तम हो भन्न कठिन होला । देश, काल, परिस्थितिको सापेक्षतामा राष्ट्रहरुले आफ्नो शासन प्रणालीको चयन गर्दछन् । तै पनि आजको युगमा लोकतान्त्रिक प्रणालीलाई सर्वोत्तम विधि ठानिन्छ । यो प्रणालीमा जन–अभिमतद्वारा छानिएका प्रतिनिधीहरु मार्फत शासन गरिन्छ । वास्तवमा जनताले चुनेका नेताहरुद्घारा सरकार सञ्चालन हुने पद्घति लोकतन्त्रको सर्वाेत्तम विकल्प भन्न अत्युक्ति नहोला ।
अझै पनि हामीले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र शैशव कालबाटै गुज्रिरहेको छ । यसलाई विभिन्न जोड र कोणबाट आक्रमण हुने क्रम सुरु भएको यदाकदा सुन्न थालिएको छ । अझै पनि अस्थिरता र संक्रमणका बादलहरु छाँटिएका छैनन् । हामीले हाम्रा किसानहरुबाट के कुरा सिक्न नितान्त आवश्यक छ भने बालीको संरक्षण र पोषणका लागि सबै प्रकारका झारहरु निर्ममतापूर्वक उखेल्नुपर्दछ ।
हाम्रा पूर्वीय राजनीतिक चिन्तकहरुले परिकल्पना गरेको सर्वोत्तम प्रणालीलाई राम–राज्यको संज्ञा दिइएको छ । तर त्यही परिकल्पित सुन्दर राज्यमा पनि एउटा कटु आलोचकको प्रसंग छ, जसको आलोचनाको जगमा सीतालाई वनबास पठाइएको छ । त्यस जमानामा पनि एक आलोक थियो भने आजसम्ममा एकले अनेकौं पटक Multiplication गरेको होला । भू–मण्डलीय जनसंख्याको वृद्घिदर तीव्र छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रकी सीतालाई वनबास पठाउन तयार छैनौं । हामीले पछाडी फर्कने ठाउँ राखेका छैनौं । आलोचकहरुका रचनात्मक आलोचनाको सम्मान र सम्बोधन हुनुपर्दछ र साथै, झुसिला डकारहरुको उपचार पनि । बालीको संरक्षण, सम्बद्र्घन र पोषणका लागि झारको सह–अस्तित्व कायम रहँदैन । संसार प्रगतिशील छ, त्यही प्रगतिका लागि हामी पनि हातमा हात र काँधमा काँध मिलाई दृढतापूर्वक अघि बढौं ।
नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार अझ बढी दृढ सङ्कल्पित हुन सकोस् । शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको लगानी अभिवृद्घि गर्दै नागरिक हक–हित रक्षाका लागि हामी सबै एकजुट हुँदै संविधानले मार्ग निर्देशित गरेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको अवलम्बनबाट समृद्घ राज्य निर्माण गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्न चाहान्छु ।
हाम्रो जीवनलाई आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणसहित सभ्य र सुसंस्कृत बनाउँदै समुन्नत समाज निर्माणमा गणतन्त्रले सदैव मार्गदर्शन गरोस् । देश निर्माणको महाअभियानमा लामबद्घ हुन हामी सबैलाई यो दिवसले प्रेरणा मिलोस् भन्दै पुनः एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।