आगामि आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रमलाई नगरवासीको समेत अपनत्व होस भन्ने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिका नियमित छलफलमा जुटेको छ । उपमहानगरपालिकाले बिभन्न नगरको निति तथा कार्यक्रमलाई सुन्दर र सबैले अपनत्व गर्ने खालको बनाउँनका लागि दैनिक रुपमा बिभिन्न चरणमा फरक÷फरक चरणमा छलफल गरीरहेको छ । जिल्ला स्तर राजनितिक दलहरुबाट सुरु भएको छलफल संघसस्था, बिद्यार्थि, क्याक्पस प्रमुख तथा प्रतिनिधी सँगको नियमित छलफलको चरण चलिरहेको हेटौंडा उवमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन् ‘सबैबाट आएको धारणालाई लिएर नगरले निति तथा कार्यक्रम बनाउँने छ ।
’ हामिले बजेटको खाका तयार गर्न सक्छौं, तैपनि नगरको बिकास र बजेटमा सबैको चासो रहोस र अपनत्व होस् भन्नका लागि छलफलबाटै निति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताइन् । असारमा निति तथा कार्यक्रम ल्याउँने तयारीका साथ काम गरीरहेको भन्दै उनले अहिले सम्मको चरणमा आइपुग्दा घेरै महत्वपुर्ण सुझाब र आगामि तयारीका बारे आफुहरु लागिरहेको उनले बताइन् । जेठको सुरुवाती चरणबाटै दलहरुसँगको छलफलमा रहेका नगर प्रमुख लामा र उपप्रमुख राजेश बानियाँ सहितको टोलीलाई दलको तर्फबाट दिर्घकालिन बिकासको योजना बनाएर अघि बढ्न सुझाब दिएका थिए । उनिहरुले नगरको सुन्दरतालाई बचाउँदै राजमार्ग बिस्तार, सार्वजनिक शौचालयको व्यवस्थापन र जनतलाई छुने निति तथा कार्यक्रमलाई समेटेर अघि बढ्न सुझाब दिए ।
त्यस्तै संघसस्थाका प्रतिनिधीहरुले सडक बिस्तार मात्र बिकास नभइ न्यूनतम साझा कार्यक्रमलाई जनतामाझ लैजानु पर्ने बताए । नगरक्षेत्रमा आधारभूत अस्पतालको व्यवस्थापन, खानेपानी, सरसफाई, फोहर व्यवस्थापन सहितको बिषयलाई उपमहानगरले गम्भिर रुपमा लिनुपर्ने सुझाब दिएका थिए । निति तथा कार्यक्रममा सहभागि यहाँका बिद्यार्थि नेतृत्वले गुणस्तरीय शिक्षाका लागि बिद्यालय तहबाटै उपमहानगरले व्यवस्थापन मिलाउनु पर्ने बताएका थिए । किताबको शिक्षा मात्र भन्दा पनि व्यवहारीक शिक्षालाई प्राथमिकतामा राख्दै अघि बढ्न सके भोलिका दिनमा समस्या नआउँने बताए । तराईका जिल्लाबाट शिक्षाका लागि हेटौंडा आउँनेहरु बिस्तारै काठमाण्डौं तर्फ जानेक्रम रहेकाले त्यसलाई रोक्नका लागि उच्च शिक्षाको प्रवन्ध मिलाउन उपमहानगरको समन्वयात्मक भूमिका आवश्यक रहेको उनिहरुले बताएका थिए ।
त्यस्तै सामुदायीक तथा निजी क्याम्पसका प्रमुखहरुले समुदायीक क्याम्पसमा भौतिक पुर्वाधार सहित खानेपानी र पुस्तकालयको उचित व्यवस्थापनका कुरामा समस्या रहेकाले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताए । यहाँ प्लस टु लेवलको शिक्षा लिएपनि बिद्यार्थि उच्च शिक्षाको उचित व्यस्थापनको अभाबले बाहिर जाने समस्या रहेको छ त्यसलाई रोक्ने कार्यक्रम ल्याउन जरुरी रहेको बताए । प्रविधिक शिक्षालाई प्राथमिकतामा राखेर उपमहानगरले कलेज सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
हेटौंडामा रहेर पढ्ने बिद्यार्थिले काम पनि गर्ने वाताबरण बनाउँन प्राबिधीक शिक्षा महत्वपुण भएको उनिहरुले बताए । यहाँ रहेका सामुलायीक, आंगिक क्याम्पसलाई टिकाउनका लागि उपमहानगरको पहलमा प्रादेशिक बिश्व बिद्यालय सञ्चालन आवश्यक रहेको बताए । छलफलमा सहभागिहरुलाई नगर प्रमुख लामाले बागमती प्रदेशको राजधानी रहेको स्थानिय तहसँगको समन्वय र सहकार्य बिनै सरकारले निती तथा कार्यक्रम प्रस्तुत गर्छ, राजधानीको विकासका योजनालाई समेट्दै स्थानिय तहसँगको सहकार्यमा निति तथा कार्यक्रम ल्याएको भए यहाँको विकासको लागि समन्वय हुने बताइन् । उनले अहिले उपमहानगरले सुधार गर्नुपर्ने घेरै कुरा रहेको भन्दै आगामि दिनमा यसलाई सुधार्दै जाने जानकारी दिइन् ।