मकवानपुर \ मैनाली समाज नेपाल मकवानपुरको सातौं साधारण सभा एवं चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा ईश्वर मैनाली सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको अधिवेशनले मैनालीको अध्यक्षतामा १६ जनाको नयाँ कार्यसमिति चयन भएको हो।
त्यस्तै उपाध्यक्षमा इवाकर मैनाली, गीता मैनाली ,सचिवमा लक्षमण मैनाली,सह- सचिवमा मन्जु मैनाली,कोषाध्यक्षमा रोहित राज मैनाली चयन भएका छन् ।
सदस्यहरुमा विष्णु मैनाली,शैलेन्द्र मैनाली, सरला मैनाली, राजेन्द्र मैनाली,गोकुल मैनाली, रामदेव मैनाली, उत्तम मैनाली,निर्मला मैनाली, तेज प्रसाद मैनाली चयन भएको निर्वाचन अधिकृत केदारनाथ मैनालीले बताए । त्यस्तै कानुनी सल्लाहकारमा राधाकृष्ण(आर के) मैनाली निर्वाचित भएका छन् ।
त्यस्तै मैनाली समाज नेपालको केन्द्रिय प्रतिनिधिमा रामहरि मैनाली, अमोद मैनाली, भरत मैनाली, कमलराज मैनाली निर्वाचित भएका छन् ।
कार्यक्रममा मैनाली समाज मकवानपुर जिल्लाका ७० वर्ष नाघेका ६ जना वृद्धवृदा,निजि तथा सामुदायिक विद्यालयबाट यसै वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना छात्रछात्रा र सामाजिक संस्थाको नेतृत्व गर्ने ६ जना सामाजिक व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो।