हेटौडा \ नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौडा उपमहानगरपालिकाको लागि विकासका सुझावहरु पेश गर्नु भएको छ । हेटौडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले विभिन्न योजनाहरु पेश गर्नु भएको हो । उहाँले पर्यटन,धार्मिक, जलचर संरक्षण,विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफुलको शहर,रमणीय क्षेत्र लगाएतका लगभग ४० योजनाहरु सुझावका रुपमा पेश गर्नु भएको हो । सचिव महत्तले सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई समेत प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा बजेट विनियोजन गरीदिन समेत ध्यानाकर्षण गर्नु भएको छ ।
सचिव महत्तले हेटौडा उपमहानगरपालिकालाई पेश गर्नु भएको सुझाव यस्तो छ
क) धार्मिक पर्यटन :
राज्य सञ्चालनमाा अर्थको मुख्य भुमिका हुन्छ । राज्यको अर्थ संकलनको मुख्य स्रोत भनेको नागरिकबाट उठाईने कर नै हो । विभिन्न पेशा व्यवसाय धर्म र मान्ने सबै नागरिकबाट कर उठाईन्छ । धर्म व्यक्तिको आस्थाको विषय हो र राज्य पनि धर्म निरपेक्ष भएको छ । तसर्थ सम्पूर्ण जाति र धर्मावलम्बी संग उठाईएको कर एउटा धर्म विशेषमा लगानी गर्नु सर्वथा गलत कुरा हो तर यसमा धार्मिक अर्थमा नभै विशुद्ध हेटौंडा नगरमा पर्यटक भित्र्याई आय आर्जन बढाउने यसको लक्ष्य रहेको छ ।
गएको वर्ष हेटौंडा उपमहानगरापालिकाले विभिन्न धर्म संस्कृति संग जोडिएका मठ मन्दिर, गुम्बा, चर्चलाई साना–साना रकम विनियोजित गरिएको कारण परिणाममुखि कार्य हुन सकेन तसर्थ प्रत्येक वर्ष ४ देखि ५ वटा मन्दिर छनौट गरी त्यसको DPR (विस्तृत परियोजना विवरण) बनाएर उक्त मन्दिर निर्माण सम्पन्न गर्न लाग्ने जति रकम लगानी गर्ने । यसरी प्रत्येक वर्ष ४÷५ वटा मन्दिर निर्माण सम्पन्न गर्दै जादा ५ वर्षमा करिब २० वटा मन्दिर निर्माण सम्पन्न हुन्छन् । निर्माणसम्पन्न मन्दिर आफ्नै स्रोतमा अगाडी समयमा चल्नु पर्नेछ । यसै बिच ५सय देखि १ हजार जना अट्न सक्ने धर्मशाला निर्माण गर्नुपर्नेछ ।
तत् पश्चात ति मन्दिरको ऐतिहासीकता, भार्मिक महत्व लगायतका विषयहरुसमेटेर डकुमेन्ट्रि, ब्रोसर लगायत प्रचार समाग्री बनाएर भारतीय सिमा क्षेत्रका बजार, बिहारको राजधानी पट्ना सम्म र नेपाल भरी प्रचार प्रसार गरी धार्मिक पर्यटन भित्र्याउन सकिन्छ । पाँच पाण्डवको वनवा“सको १२ वर्षेको धेरै जसो समय यहि मकवानपुरको सेरोफेरोमा विताएका प्रमाण भेटिन्छन् । त्यसलाई अझ बढि खोज र अनुसन्धान गरी पहिचान भएका क्षेत्रको पनि क्रमश संरक्षण र विकाश गर्दै अगाडी बढ्नु पर्छ ।
ख) जलचर संरक्षण :
सृष्टिको प्रारम्भमा रहेका वनस्पती र प्राणि जति जति लोप हुदै जान्छन् मानिसमा तयतिनै रोगको बृद्धि हुदै जान्छ भन्ने भनाई छ । वातवरणिय सन्तुलनमा पनि यी वनस्पती र प्राणीको उत्तिकै हात हुन्छ । केहि वर्ष अगाडी सम्म कान्तिराज पथको क्याम्पाडाडा नजिक कर्राखोलाको नागदहमा गोहीहरु बालुवामा खेलिरहेको जो कसैले देख्न सक्थे, ती गोहिहरु आज लोप भै सकेको छ । गाउ“घरका साना तिना खोल्साहरुमा पनि १÷२ घण्टा सिप्रिङ्ग थापेर एक छाक माछाको तरकारी खाने गर्दथे, आज ती खोल्साहरुमा माछाको जात देख्न पाइदैन । त्यसैले खोलानालामा जलचार प्राणिहरुको संरक्षण गर्दै विषय विज्ञ मर्फत अध्ययन गरेर गोही लगायत अन्य त्यस्ता प्राणीको निश्चित ठाउहरुमा फरक फरक जातका जलचर प्राणि संरक्षण गरेर पर्यटकको आकर्षण बढाउन सकिन्छ ।
ग) डाफे, कस्तुरी, मृर्ग, जरायो फर्म ः
नेपाल सरकारले अहिले डाफे कस्तुरी मृग, मृगहरुको व्यक्तिगत, समूहगत पाल्न पाईने बनाएको छ । यस्तो व्यवसायी फर्म बनाएर पनि पर्यटक आउने एउटा विषय बन्न सक्छ ।
घ) Walking Street
स्कुलरोडमा सानो सडक रहेको र सडक विस्तार गर्न पनि समस्या छ । तसर्थ त्यसलाई इन्जिन युक्त साधनलाई प्रवेश निषेध गरेर संबैघरहरुको रङ्ग रोगन, तारहरुको व्यवस्थापन, गमला फुल Hanging flower शान्त संगित, ठाउ ठाउमा आकर्षक बेन्च सफा लगायतको आकर्षक व्यवस्थापन गरेर पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ ।
ङ) Colourful City
हेटौंडा नगरको मुख्य सडक तथा भित्री सढकको वजारमा रहेको घरहरुमा सडकै पिच्छे छुट्टा छुट्टै रंग लगाएर colourful city को पहिचान मार्फत अर्के रंग बुद्ध चोकबाट म.उ.वा.संघ तर्फ अर्कै रगर्दै भित्री सडकहरुमा फरक फरक रंगका घरहरु बनाएर आकर्षक बनाई पर्यटक लोभिने कारण बन्न सक्छ ।
च) आदिवासी जनजाती भेषभुषा प्रर्दशन :
महिनाको एक पटक वा दुई पटक बजार आउदा जि. हेटौंडा उप–महानगरपालिकामा वसोावस गर्ने आदिपासी जनजातिहरु वा महिला सबै आ–आफ्नो पहिरनमा आउने सबैजनाको समझदारीम बनाउन सकिन्छ । अझ को महिला पुरुषले आफ्नै जातिगत पहिरनमा आउनु पर्ने व्यवस्थापन आकर्षण विषय बनाउन सकिन्छ । यो पनि पर्यटक तान्ने राम्रो बिषय हो ।
छ) आदिवासी जनजाती सङगा्रलय :
राप्ती नदिको कटान क्षेत्र मै एउटै घेराबारभित्र हाम्रो देशमा रहेका आदिवासी जनजातिका सम्भव भए सम्म बढी छुट्टाछुट्टै जातीय सङग्रालय निर्माण गर्नुपर्छ । संस्कृति अध्ययनका लागि नेपाली देखि विदेशी पर्यटक समेत आर्कषित गर्न सकिन्छ ।
ज) फलफुलको शहर :
नगरपालीका अन्तरगत रहेका सम्पूर्ण सडकको दाँया बाँया आँप,अम्बा, लिच्ची, बयर, रुख कटहरु, अमला, सरिफा, एभोकाडो, जस्ता जातहरुको फलफुल रोपेर हुर्काएर जता ततै फलफुल भेटिने गरी फलफुलको शहर बनाएर पनि पर्यटक आउने विषय बन्न सक्छ ।
झ) मन भुलाउने क्षेत्र :
चौकीतोल झोलुङ्गे पुल देखि चाइना क्वाटर नजिक राप्ति खोलाको पुर्वी क्ष्ँेत्र नदि किनारमा गार्डेन, Musical fountain oxygen, जस्ता आकर्षक संरचना निर्माण गरेर खाली ठाउ“हरुमा भाडा लिने गरी रेष्टुरेन्ट, होटलहरु खोल्न दिई पर्यटक तान्न सकिन्छ ।
ञ) रमणीय क्षेत्र :
१.राप्तीखोलाको कुष्माण्ड भन्दा पश्चिमको नदिको उत्तर तर्फको नखि कटान क्षेत्रमा भूगोलले पनि साथ दिएको कारण साह्रै कम लगानीमा ठुलो मानव निर्मित ताल बनाउन सकिन्छ । यो तालसग जोडिएका अन्य मनोरञ्जनको साधनहरुको व्यवस्था गर्नुपर्छ ।
२. Magic house भुतघर निर्माण
३.Fun Park निर्माण /umberella house / flower garden
४.Puzzle house शिशा घर floating water boat race
५.Night life : एउटा निश्चित क्षेत्रफल रात्रि जीवन बिताउने चाहनेहरुलाई डिस्को थेक डान्सबार, दोहोरी गीत लगायतको व्यवस्था गरेर रातभर चल्ने ठाउ“ बनाउनुपर्छ । यी सबै क्षेत्रहरुमा सामान्य उपयुक्त ठाउहरुमा आवश्यक पर्ने न.पा.ले पूर्वाधार बनाएर निश्चित नियमको परिधी बनाएपछिको व्यवसायीले माथि भनेका संरचना निर्माण आफै गर्नेछन् ।
ट) खुल्ला जङ्गली चिडिया घर :
सामरी पुलको दक्षिणबाट मनकामना डा“डाको दक्षिण तर्फको जंगलको पाटो हु“दै फुर्केचौर सम्मका जङगललाई ‘खुल्ला जंगली चिडियाघर’ बनाउने विषयविज्ञ जनावरलाई आवश्यक पर्ने जंगल बासस्थान खानेकुराको व्यवस्थापन गर्दा पर्यटक तान्ने विशेष कार्य हुनेछ ।
ठ) tiktok डाँडा :
पाथिभरा मन्दिर जाने सिढी तथा सडकका दुबैतिरका क्षेत्रलाई विभिन्न रङ्ग तथा हरित विस्ताले श्रृङ्गार गर्दै ठाउ“ ठाउ“मा विश्राम स्थल बनाउदै पाथीभरा मन्दिरलाई जोडेर त्यहा“बाट सिढी बनाउदै नकौली डाडाको टुप्पामा रहेको समथर भूभागलाई विभिन्न रमणिय संरचना निर्माण गरी बनाउनु पर्छ ।
पुनश्च : यसरी पर्यटक प्रवद्र्धन गर्न भिमफेदी गा.पा थाहा नगरपालिका इन्द्रसरोवर गा.पा, गढी गा.पा र बकैया गा.पा लाई जोडि एकृकीत रुपमा योजना बनाउनु पर्छ ।
स्वास्थ्य
क) प्रत्येक वडामा शुलभ औषधी पसल न.पा.ले खोल्ने । यसै पसलबाट बिमा बापत पाईने औषधीहरु पनि उपलब्ध गराउने ।
ख) प्रत्येक वडाको स्वास्थ्य चौकी कर्मचारी मार्फत ६५ वर्ष माथिका दीर्घरोगी (प्रेसर, सुगर , थाइराइट) जस्ताको तथ्याङ्क संकलन गरी स्वास्थ्य स्वयम सेविका मार्फत महिनामा एक चोटी सामान्य चेक जाच र निशल्क औषधि न.पा.ले वितरण गर्ने ।
ग) सुविधा सम्पन्न आर्युवेदिक अस्पतालको स्थापना : एलोपेथिक औषधि तथा उपचार तत्काल उपचार गर्नु पर्ने रोगलाई उपयुक्त भएतापनि अन्य, बेलामा पनि तिनै औषधि प्रयोग गर्दा त्यसको साइड इफेक्ट हुने हुदा आयुवेदिक अस्पताल र यसको सेवा लिन नागरिकलाई अभिप्ररित गर्नुपर्छ । यसलाई आवश्यक पर्ने जडिबुटि न.पा. अन्तर्गत रहेका सार्वजनिक जग्गामा समूह मार्फत खेती गर्नुपर्छ ।
घ) परिचय विहिन, पैसा विहिन, बाटोमा लडेको बिरामी र ICU मा राख्दा बाच्ने सम्भावना बोकेको तर आर्थिक अभावको कारण मृत्युवरण गर्न बाध्य जस्ताहरुलाई उपचार सहयोग कोष न.पा.ले बनाउने ।
ङ) नगरपालिका अन्र्तगतका नागरिक बिरामी हुदा call on home treatment का लागि resuce medical team राख्नुपर्छ ।
कृषि :
क) हेटौडा उपमहानगरापालिको कृषि क्षेत्र भएका वडाहरुको प्रत्येक वडामा कृषि तथा पशुपक्षिको बिऊ मलखाद, प्राविधिक र उत्पादनको संलन, भण्डार बजारिकरण लगायत एकै स्थानबाट सेवा प्रदान गर्ने गरी युनिट स्थापना गर्नुपर्छ ।
ख) बहुदेश्यी सहकारीहरुले कृषि प्रवद्र्धन र सुलभ खाद्यान्न पसल सञ्चालन गर्नुपर्ने उद्देश्य बोकेकाहरु बचत संकलन र ऋण लगानीमा मात्र सिमित भएकालाई उद्देश्य अनुसार कार्य गर्न कढाई लागु गर्नुपर्दछ ।
ग) माटो बचाउ अभियान : रोगी मानिसले विभिन्न रोग लागेको कारण रोग अनुसार औषधी खाएजस्तै माटो बिरामी भएकाले विभिन्न औषधी, भिटामिन, विषादी प्रयोग गर्नुपरेको हो । माटोमा विभिन्न खाले जिवाणु हुन्छन् । सबै जिवाणु फयाक्ट्रीका मजदुर जस्तै माटोका मजदुर हुन् । यदि माटोलाई १६० डिग्रीमा तताइ दिने हो भने त्यो माटो मृत हुन्छ र त्यसमा कुनै पनि बिरुवा वा अन्न उम्रन्दैनन् अर्थात सबै जिवनणु मर्छन् ।
माटोलाई निरोगी राख्न, माटोको लागि भिटामिन विषादी आवश्यक परेपनि सबै यहि प्रकृतिमा छन् । प्रकृतिका नै सबै बस्तु प्रयोग गर्दै अन्न वा तरकारी वाली उत्पादन गर्न सकिन्छ । त्यसका लागि यो वर्ष एउटा वडालाई लिएर माटो पोषण भत्ताको व्यवस्था गर्दै अर्गानिक वडा बनाउने क्रममा प्रत्येक वर्ष एउटा वडा थप गर्दै जाऊ । प्रत्येक वडाको माटो परिक्ष्ँण गरेर माटो अनुसारको उत्पादनको पकेट क्षेत्र तोकी कृषि उत्पादनमा सहयोग गर्नुपर्छ । अनुदानको व्यवस्था गर्नुपर्छ ।
बस्ती संरक्षण तथा खहरे नियन्त्रण :
बस्ती संरक्षण तथा खहरे नियन्त्रणमा सबभन्दा बढी बाँस उपयोगी हुन्छ । सबैजसो संरक्ष्ँण र नियन्त्रणको ठाउमा बाँस रोपाईलाइ अभियान कै रुपमा अगाडी बढाऔ । बाँस अन्य बिरुवा भन्दा दस गुण बढी वातावरणको कार्बन लिन्छ, घरेलु उपयोगका खाद्यान्नहरु राख्ने भाडा प्रयोग गर्दा खानेकुरा शुद्ध बनाउन, किराहरु नलाग्ने र शरिरको आवश्यक तत्व खानेकुरामा मिश्रण गराइदिने गुणरहेको हुन्छ । बाँसको प्रजातिमा पहेलो बाँसको त धेरै रोगहरुको औषधीको काम गर्दछ । यसको बढ्ने दर पनि उच्च हुन्छ । यसको संरक्ष्ँणबाट बाँसका फर्निचर तथा घरमा उपयोगका अन्य सामान पनि बनाउन सकिन्छ ।
साईकिल ट्रयाक निर्माण :
खोल्सा खोल्सी अतिक्रमणको कारण धेरै बस्तीहरुमा डुवानको समस्या बढेको छ । अतिक्रमीत ती खोल्सा खोल्सी क्रमैस“ग क्षेत्र विस्तार गर्दै खोल्साको साईकिल तर्फ निर्माण गर्दै जाने । त्यस क्षेत्रमा वृक्षरोपण गर्ने र ठाउ“ ठाउ“मा आराम बेञ्चहरु पनि राख्ने । यसो गर्दा साईकिल चलाउने देखि पैदल हि“ड्ने मानिसलाई सजिलो हुन्छ ।
स्वागत गेट निर्माण :
हेटौडा उपमहानगरपालिका क्षेत्रमा प्रवेश गरिने मुख्य सडकको सुरुवात क्षेत्रमा गेट निर्माण गर्ने । उक्त ठाउ“मा बगै“चा निर्माण, बस्ने, आराम गर्ने ठाउ“ गाडी मोटरसाईकिन धुने ठाउ, हेटौडा न.पा.बारे सबै सूचनाहरु राखिएको बोर्ड राख्ने , उक्त ठाउ“बाट न.पा. तर्फ आउ“दै गर्दा सडकको दाया बाया विशेष प्रकारको आकर्षक बनाउदै बजार नजिक सम्म जोड्ने ।
सार्वजनिक पहिचान जग्गाहरु पहिचान गर्दै त्यसलाई कम लगानीमा घेराबार गने(सजिवनको बोट, रंगिन पातको बिरुवा) गर्नुपर्छ । ठाउ हेरेर वर्षे पोखरी बनाउनुर्छ , जडिबुटि लगाउनुपर्छ, समुह निर्माण गरि आर्यआर्जन कार्य गर्नुपर्छ, प्रत्येक सार्वजनिक जग्गा भएको ठाउ“मा जादा एउटा विषयमा जानकारी हुने बनाउनुपर्छ
स्थानीय गाई संरक्षण :
स्थानीय गाई प्राय : लोप हुने अवस्थामा पुगेको छ । हिन्दु संस्कार अनुसार गरिने विभिन्न धार्मिक पुजापाठहरुमा यसको पिसाब र गोबर अनिवार्य मानिन्छ । यसको प्रयोग धेरै गुणकारी र रोगको औषधी भएको ज्ञाताहरु बताउ“छन् र गोबरले हानिकारक ब्यक्टोरियाहरु आउन नदिने एन्टिबायोटिकको काम गर्दछन् भनी जानकारहरु बताउ“छन् । अहिले स्थ्नीय गाईको संरक्ष्ँण गरौ , यसको लागि गौशाला बनाइ गौशालामा संरक्षित गाईका पिसाब र गोबर बिक्री गरेर आर्थिक उपार्जन पनि गर्न सकिन्छ ।
जेष्ठ नागरिक दिवा सेवा :
पहिले संयुक्त परिवार हुन्थे, घरका बृद्धबृद्धा नाती नातीनीस“ग खेलेर जिस्केर समय बिताउने गर्थे । हाल वैदेशिक रोजगारी, रोजगारीका क्रममा अन्य ठाउमा जादा वा विभिन्न कारणले हाल वृद्धवृद्धा घरमा एक्ला एक्लै परेका छन् । जसको कारण डिप्रेशन,अल्जाईमर्स जस्ता रोगहरु ह्वात्तै बढेको छ । यसलाई न्यूनिकरण गर्ने प्रत्येक वडामा जेष्ठ नागरिक दिवा सेवा सञ्चालन गर्नुपर्छ ।
दुब्यसनी :
हाल नेपालमा दुब्यसनी (Hardcore) को संख्या २ लाख ५० हजार हारहारी रहेको र मकवानपुर जिल्लामा ५ हजारको हारहारीमा आंकलन गरिन्छ । प्रहरीको रिपोर्ट अनुसार नेपालमा ७० प्रतिशत र मकवानपुरमा ८० प्रतिशत अपराध दुव्र्यसनीको कारणले भएको तथ्याङ्क छ । हाल बच्चाहरुमा उचित शिक्षाको अभाव, परिवार, समाज र प्रहरीका कारण दुब्यसनी बढ्दो अवस्थामा छ र बढ्ने दर हेर्दा अबको १० वर्षैमा १२÷१३ लाख दुब्यसनी पुग्ने अनुमान जानकार बताउछन् । मकवानपुरमा १५ हजार पुगेमा समाजका कोही पनि सुरक्षित रहने छैन्न । अभिभावक, समाज, स्कुल , कलेज र प्रहरी सहित विशेष कार्यक्रम मार्फत यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
सुलभ शौचालय :
हेटौडा शहरमा शौचालयको ज्यादै आवश्यक छ । शौचालयको अभावमा साह्रै समस्या छ । अलि आधुनिक तरिकाको शौचालय, स्नानधर र कपडा बदल्ने ठाउ“ समेत भएको तत्काल ४ ठाउ“मा र आवश्यकता अनुसार थप्दै जाने गर्नुपर्छ ।
कपडाको झोला , सालका दुना, टपरी र पेपरको उद्योग स्थापना :
प्लाष्टिक जन्य झोला लगायतका बस्तुहरु विस्थापित गर्ने कथाहरु हामी धेरै वर्ष देखि सुन्दै आएका छौ तर त्यसको विकल्प के हो त्यो दिन सकेको छैनौ । तसर्थ कपडाका झोला पेपरबाट बनेका विभिन्न खालका गिलास प्लेट, कुनै सामान पोको पनि मिल्ने कागजको थैली, सालका दुना टपरी (सकाएको ) साह्रै न्यून ब्याजमा सहुलियत ऋण तथा अनुदान दिएर तत्काल खोल्नु पर्छ ।
आर्थिक वर्गिकरण तथ्याङ्क सङ्कालन :
क) हेटौडा नगरपालिका अन्र्तगत १९ वडा मै नागरिकको आर्थिक विवरण संकलन गर्ने, उक्त तथ्याशङ्क अनुसार निश्चित मापदण्ड अपनाएर आधार कार्ड मार्फत न्यून आर्थिक अवस्थाको लागि र सोही अनुसार वृद्धि हु“दै जाने नियम बनाई प्रत्येक वडामा सुलभ खाद्यान्न पसल खोल्नु पर्छ । क्रमश: न्यून आय भएका जनताको आर्थिक जीवन स्तर उकास्ने योजना बनाउनु पर्छ ।
ख) शहरी गरिबहरु कुल्ली काम गर्ने, ढेलागाडा चलाउने, दैनिक ज्यालादारी गर्नेहरु सँह्रै कष्टकर जीवन बाचिरहेको छन् । विगतमा यहि हेटौ“डा बजारमा त्यस्ता मजदुर सडकको पेटीमा बेवारिसे मृत्युवरण गरेको पाएका छौ । ती पनि नेपालि नागरिक हुन्, ती पनि बाच्न पाउनु पर्छ , तसर्थ त्यस्ता मजदुरको तथ्याङ्क लिएर नगरपालिकाले परिचय पत्र दिई बाच्ने ग्यरेन्टी गरिदिनुपर्छ ।
ग) त्यस्तै आर्थिक तथ्याङ्कको आधारमा गरिबको मृत्यु संस्कार खर्च नगरपालिकाको व्यहोनुपर्छ ।
मानविय कोष :
हेटौडा उपमहानगरपालिकाले एउटा मानविय कोष बनाउनु पर्छ । उक्त मानविय कोष सञ्चालनको विधि बनाई शिक्षा, रोग, भौकमा सहयोग गर्नुपर्दछ ।
नमुना गाउ,नमुना टोल :
हरेक वडाका टोल छनौट गरी २÷३ वटा टोललाई नमुना टोल बनाउने । त्यसैगरि वडाका अलि बस्ती भएको छुट्टै गाउ बनाउनुपर्छ । यसो गर्दा अरु बाकी टोल र गाउ“ पनि उत्साहित हुनेछन् । क्रमिक रुपमा सोही अनुसार विकास हुनेछ ।
एकिकृत बस्ती :
हेटौडा उपमहानगरपालिका अन्तर्गत पर्ने केहि वडाका बस्तीहरु छुट्टाछुट्टै घरहरु यती विकट छन् चाहेर पनि बस्तीहरुलाई उपमहानगरपालिका स्तरको सेवा सुविधा पु¥याउन सकिदैन वा ठुलो धनराशी खर्च गर्नुपर्ने हुन्छ । तसर्थ ठाउ“ छनौट गरी एकिकृत बस्ती विकास गर्ने योजना ल्याउनु पर्छ ।
सहकारी :
धेरै सहकारीले दर्ता गर्दाका बखत राखिएको उद्देश्य विपरित बचत संकलन र ऋण लगानी मात्र गर्न थालेका छन् । सहकारीको अवधारणा नै सिङ्गै समाजलाई उत्पादनस“ग समूहगत जोडिएर विकास गर्नु हो । तसर्थ कडाईका साथ उत्पादनस“ग जोड्दै विगतमा केहिले सञ्चालन गरेको सहुलियत पसल खोलन सबै सहकारलिाई लगाउनु पर्छ ।
चौतरा निर्माण :
प्रत्येक वडामा प्रत्येक वर्ष ५ वटाका दरले चौतरा निर्माण गर्नुपर्छ । उक्त चौतरामा वर र पिपलको वृक्ष लगाउनु पर्छ । वर पिपलले उच्चतम अक्सिजन दिने हुनाले छिटो थकाई मेटिन्छ । वृद्ध वृद्धाहरुलाई सहज हुन्छ ।
शिक्षण :
क) नर्सरी प्रा.वि पढाउने शिक्षकले न्यूनतम १ महिना बाल मनोविज्ञान बारे प्रशिक्ष्ँण लिएको हुनुपर्नेछ ।
ख) प्रत्येक स्कुलमा संगित शिक्षक र खेलकुद शिक्षक अनिवार्य राख्नुपर्छ ।
ग) नैतिक शिक्षा, दुव्र्यसनी, अनुशासन, भ्रष्टचार जस्ता विषयमा हप्तामा एउटा कक्षा राख्नुपर्छ ।
घ) बोडिङ स्कुलमा बच्चालाई बोक्नै नसक्ने किताबको भार िबोकाउने प्रकृतिलाई हटाई वैकल्पिक व्यवस्थापन गर्नुपर्छ ।
ङ) बच्चाको उमेर पाच वर्ष पुगेपछि मात्र पढाउने व्यवस्थापन गर्न जरुरी छ ।
उपमहानगरपालिका
सम्पूर्ण नगार बासिको विवरण संकलन गरेर नगरापालिकाले राख्नु पर्दछ । नागरीक कर बुझाउन तयार छन् । प्रकृया सहज हुनु प¥यो । सम्भव भए सम्मको बिषयमा सेवा ग्राहिरुलाई कर बुझउने तथा अन्य सुविद्या विना कागजात रेकर्डको आधारमा उपलब्ध गराउनु पर्दछ ।
फ्रि वाईफाइ जोन
प्रत्येक वडाको उपयुक्त ४÷५ स्थानमा फ्रि वाईफाईको व्यवस्था हुनु पर्छ ।
स्वरोजगार कोष
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थानीय तहले जति छुट्ट्याउछ त्यति बराबर थपिदिन्छ अर्थात स्वरोजगारमा १० करोड हेटौंडा उपमहानगारपालिकाले छुट्याएमा बिना व्याज उक्त कोषले १० करोड थपिदिन्छ । १९ वटा वडामा तथ्याङ्कको आधारमा विपन्न परिवार वा युवालाई विना धितो स्वरोगगारलाई लगानी गर्न सकिन्छ ।
भिमसेन महत
जिल्ला सचिव
नेपाली कांग्रेस,मकवानपुर