हेटौंडा \ प्रेस चौतारी नेपाल मकवानपुरको वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता तथा प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा सभा भएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले पहिला पत्रकारिता गर्दा जटिलता थियो तर अहिले सहजता रहेको बताए । नयाँ प्रविधिको प्रयोग सँगै अहिलेको पत्रकारिता चलिरहेको भन्दै असत्य कुरालाई सत्य बनाउनतर्फ पत्रकार लाग्नु हुन्न, असत्यलाई असत्य नै भन्नुपर्छ: पौडेलले भने ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारिता पेशालाई मर्यादित ढङ्गले सञ्चालन गरिनुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघले ल्याएको शुद्धिकरण अभियानलाई प्रेस चौतारी नेपालले स्वागत गर्दै साथ दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा अवसरमा प्रेमनाथ चौलागाई स्मृती पत्रकारिता पुरस्कारबाट उज्वल अधिकारी र श्रृजनशील पत्रकारिता पुरस्कारबाट सानुमाया गुरुङ (निशा)लाई नगद सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विष्णु तारुकी, बागमती प्रदेश अध्यक्ष सरद सापकोटा, मकवानपुर ईन्चार्ज हरि हुमागाई, एमाले पार्टी सचिव नवीन सिग्देल, पार्टी जिल्ला सदस्य एंव प्रेस चौतारी ईन्चार्ज सुरेन्द्रमान प्रधान, पार्टी विद्यार्थी इन्चार्ज फुर्वा लामा, नेपाल पत्रकार महासंघ प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम, वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई लगायतले आफ्नो भनाई राखेका थिए ।
त्यस्तै, कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, प्रेस सेन्टरका उपाध्यक्ष राजकुमार केसीले वार्षिक साधारण सभाको शुभकामना राखेका थिए ।