हेटौडा / हेटौडा सिमेन्ट उधोग लिमिटेडले उधोगको बर्तामान अबस्था,चुनौती र समाधानका उपायहरुका बारेमा सरोकावालाहरुसंग अन्तरकृया सम्पन्न गरेको छ । आईतबार बिहान भएको अन्तरकृयामा सरोकारवालाहरुले उघोगलाई जसरी भएपनि बन्दहुनबाट रोक्नुपर्नेमा जोड दिएका छन । उधोगका अध्यक्ष गणेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ,प्रेम बहादुर पुलामी छिन्तु,लक्ष्मी श्रेष्ठ,मकवानपुरका बिभिन्न राजनैतिक दलमा आबद्ध प्रमुखहरु,जनप्रतिनिधिहरु,उधोगका पुर्ब अध्यक्षहरु,उधोगमा कार्यरत कर्मचारीहरु,पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ र प्रेम बहादुर पुलामीले उधोग निरन्तर संचालनका लागी आफुहरुले खेल्नुपर्ने भुमिकालाई निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले उधोगमा देखिएका समस्या समाधानमा सबै दलहरुले चासो राखेर अगाडी बढन सके हेटौडा सिमेन्ट उधोगले नाफाको बाटो तय गर्न सक्ने बताउनु भयो । अहिलेको मुख्य समस्या समाधानमा कर्मचारी,ब्यबस्थापन बोर्ड र सरोकारवालाहरुले बढी चासो राखेर अगाडी बढनुपर्नेमा उहाँहरुले जोडदिनु भयो ।
कार्यक्रममा उधोगलाई चलाएमान गराउन जिल्लाका राजनैतिक दलका प्रमुखहरुले खेल्ने भुमिकाका बारेमा चर्चा भएको थियो । राजनैतिक तबरबाट समस्या समाधान गर्न सके उधोगले प्रगती गर्न सक्ने आधारहरु देखिएको सहभागीहरुले बताएका छन । कार्यक्रममा उधोगका महाप्रबन्धक बसन्तराज पाण्डेले जनताको उधोगलाई जनताले चासो राखेर समस्या समाधानको लागी पहल हुनुपर्नेमा जोड दिनु भयो । उहाँले उधोग निरन्तर संचालनको लागी आफना योजनाहरु सार्वजनिक गर्नु भएको छ ।
उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आईरहेको उहाँले बताउनु भयो । उधोगलाई गत्तिशिल बनाउन आफना दुईवटा मास्टर प्लान सहितको योजना उधोग मन्त्रालयमा प्रस्तुत गरेपनि मन्त्रालयबाट कुनै आदेश जवाफ नआएका कारण अगाडी नबढेको बताउनु भयो । उहाँका अनुसार उधोगमा ३८ बर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छ । पछिल्लो समय बिजुलीे खर्चमा मासिक करोड रुपैयाँ घटाएर काम गरेको बताउदै अब तिन महिनाको लागी उधोगमा कच्चा पदार्थ तयारी रहेको बताउनु भयो ।
उधोगका अध्यक्ष गणेश भेटवालले पछिल्लो समय बजारमा आएको आर्थीक मन्दिले बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको बताउनु भयो । उधोगले सहुलियत ऋण पाएमा प्लानटको रिप्लेस्मेन्ट गरी यसले निरन्तर उत्पदान गराउन सकिने भेटवालले बताउनु भयो । अहिले उधोगका लगभग सबै मेसिनहरूलाई पुनसंरचना आवश्यक रहेको बताउदै उहाँले यसको लागी ठूलो पूँजी चाहिने भएकाले सरकारसंग सहयोगका लागी आब्हान भएको बताउनु भयो । मकवानपुा धेरै ठूला, मझौला र साना परियोजनाहरू अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको ठूलो संख्या रहेकाले पनि स्वदेशी सिमेन्टको खपत बढ्ने अध्यक्ष भेटवालले बताउनु भयो ।
उद्योगले पछिल्लो पाँच वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७९ /८० सम्ममा उद्योगलाई रु ९० करोड ३ लाख नोक्सान भएको छ । उधोगमा हाल दुई सय जना कर्मचारी कार्यरत रहेकाछन भने दैनिक ज्यालादारीका रुपमा सयजना कर्मचारी कार्यरत रहेकाछन् । उधोगका चारवटा खानीहरु भैसे,ओख्रे,मजुवा,जोगीमारा रहेका छन् । उधोगमा दक्ष कर्मचारीको अभाब भएको बताईएको छ ।
कम्पनी ऐन अन्तर्गत २०३३ आश्विन १३ मा स्थापित भएको सिमेन्ट उधोगको वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार मेट्रिक टन रहेको छ । यसले बि.स. २०४२ बाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । आर्थीक अभाब झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले चालु आ.व. ०७९/८० मा मात्रै ११ करोड १५ लाख घाटा बेहोरेको छ । आर्थिक वर्ष ०७४/७५ पछि उधोगले निरन्तर घाटा बिहोरर्दै आएको हो । तथ्याङ्क अनुसार उधोग हाल सम्म ९० करोडको घाटामा चलिरहेको छ । उधोगमा कच्चा पदार्थको अभाब र पुरानो ऋण तिर्न नसक्दा बारम्वार बन्द हुने परिपार्टी उधोगमा अहिले पनि जारी छ ।