हेटौंडा । प्रदेश युवा परिसद् बागमतीको आयोजनामा ‘अन्तरपुस्ता ऐक्यवद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ २२ औ अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित प्रभातफेरि कार्यक्रम हेटौड़ामा सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवाला संघ र संस्था राजनीतिक दलका युवा र विद्ध्यार्थी संगठनको उल्लेख्य सहभागिता रहेक़ो थियो। प्रदेश युवा परिसद्का उपाध्यक्षको अध्यक्षतामा कार्यक्रम भएको हो।
युवामा उद्ध्यमशीलता र नेतृत्व क्षमताको विकास गर्दै विकास निर्माणको मुलप्रवाह मा संलग्न गराई संवृद्धि प्रदेश निर्माण गर्ने अभियानको शुरूवात गर्न यस्ता दिवशले मद्धत पुग्ने गर्छ। साधारण भाषामा बुझ्दा १६ वर्षदेखी ४० बर्षउमेर समूहलाई नेपाल सरकारले लामो समयको बहश पछी युवा घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखी २४ वर्ष उमेर समुहका ब्यक्तिलाई युवाको परिभाषा दिएको छ । उमेरको आधारमा हेर्ने हो भने भिन्न भिन्न देशले आ–आफ्नो परीभाषामा युवाको उमेर छुट्ट्याएका छन् ।
संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ म हरेक वर्ष अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवस मनाउन गरेको निर्णय संगै औपचारिक रूपमा सन् २००० देखी अगष्ट १२ का दिन अन्तरास्ट्रिय युवा दिवस मनाउन शुरु गरियता पनी नेपालले २००४ देखी मात्र शुरु गरेको हो ।
राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ ।
हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक मानिन्छ ।