हेटौडा \ पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुको बारेमा जानकारी दिनुको साथै रोगहरुबाट बच्न अपनाउनु पर्ने विधिको विषयमा जनचेतना जगाउने उद्धेश्यले १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
हेटौडा–६, चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था, कृषक हितकोष, पशुधन संरक्षण समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पशु प्राविधिक उत्तम लाल दास, शिखर इन्स्योरेन्स मकवानपुर प्रमुख प्रमोद पोखरेल, संस्थाका ब्यवस्थापक लक्ष्मण सापकोटा लगायतकाले सहजीकण गरेका थिए । कार्यक्रममा पछिल्लो समयमा ब्यापकरुपमा देखा परेको लम्पी स्कीन, भ्याकुते, नाम्ले, चरचरे लगायतका रोगहरुको बारेमा जानकारी गराईएको थियो ।
दुग्ध विकास वोर्ड बागमती प्रदेशका सदस्य बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम कृषक हितकोषका संयोजक रामहरि चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव धिताल, सञ्चालक सदस्य सूर्यप्रसाद दुलाल, रामप्रसाद गौतम, रामकुमारी देवकोटा, रुद्रकुमारी सापकोटा, दुग्ध उत्पादक किसानहरुको सहभागिता रहेको थियो ।