बेल्जियम \ गैर आवासीय नेपाली संघ बेल्जियम आगामी नेतृत्व चयनको संघारमा छ । करिब २ हजार ६ सय पन्जीकृत सदस्यले आगामी दुई वर्षका लागि संगठनको नेतृत्व कस्ता व्यक्तिलाई दिन्छन र उनीहरुले कसरी काम गर्छन भन्ने बहस सुरु भएको छ । बेल्जियमको नेपाली समुदायमा सफल व्यवसायी र सामाजिक कामका लागि कर्तव्यनिष्ठ युवाहरु काशी दनै र मदन दवाडीले एनआरएनए बेल्जियमका लागि हाम्रो आवश्यकता छ भने हामी नेतृत्वका लागि तयार छौ भन्ने आशय देखाएर सुझाव मागे पछि चुनावी चर्चाले अर्कै मोड लिएको छ ।
कडा मिहिनेत र लगनशीलताले युवा उमेरमै अरुका लागि उदाहरणीय हुने गरि व्यवसायिक सफलता पाएका उनीहरुले नेपाली व्यवसायी संघ बेल्जियमलाई उदाहरणीय संस्थाका रुपमा स्थापित गराएका छन् । २००६ मा स्थापित भएको नेपाली व्यवसायी संघ बेल्जियमले बिना विवाद रचनात्मक काम गरेर सदस्यहरुलाई फाईदा पु¥याउने कार्ययोजना ल्याएको र त्यसबाट नेपाली व्यापारीहरुलाई सहयोग पुगेको जस सबैले उनीहरुको टिमलाइ दिने गरेका छन् । पदीय अहम भन्दा संगठनका योजना सफल बनाउन खटिने र त्यसको जस पनि सामुहिक प्रयत्नको फल हो भनेर अरुलाईनै दिन खोज्ने स्वभावका कारण उनीहरु प्रति धेरैको सहानुभुति र सम्मान रहेको छ ।
सामाजिक अभियानका बारेमा गहिरो अनुसन्धान, विश्लेषण सामाजिक सम्बन्धको विस्तार र सम्बद्ध पक्षको राय सुझाव लिएर आफ्नो ज्ञान र सीप प्रयोग गरेर लगनशील भएर काम गर्ने भएकोले उनीहरु आबद्ध भएका सामाजिक संस्था हुन वा व्यवसायिक प्रतिष्ठान सफल भएका उदाहरण छन् । परम्परागत रुपमा चलेको एनआरएनएले नेपाली समुदाय र मातृभूमिका लागि पनि खासै उल्लेख्य काम गर्न नसकेको भनेर जनमानसलाई उदास बनाएको अवस्थामा केही रचनात्मक काम गर्न सक्ने व्यक्तिहरुको आवश्यकता छ । जन असन्तोष बढेको मौका छोपेर एनआरएनएको नेतृत्व लिन अनावश्यक प्रोपोगान्डा गर्ने र समाजलाई उश्रृङ्खल बनाउने अराजक चरित्रका केही व्यक्तिहरु लागेको देखिन्छ । आधुनिक चेत र युवा जोश भएका मदन र काशी जस्ता युवाहरुको आगमनले एनआरएनए बेल्जियमलाई सबैले अपेक्षा गरे अनुसारको साझा संगठन बनाउन मद्दत पुग्ने, बेल्जियमको नेपाली समुदायको विश्वास रहेको छ ।
सामाजिक अभियानमा अग्रपंक्तिमा देखिने कासी दनैले अन्र्तराष्ट्रिय धादिङ समाज मार्फत कोरोना संकटको बेला विश्वव्यापी सन्जाल बनाएर अति आवश्यक खाद्य सामाग्री र मेडिकलका सामान, संकटमा परेका विपन्न परिवारहरुलाई वितरण गरेका थिए । वैैदेशिक रोजगारिमा गएर रोजगारी गुमाएका अविभावकहरुका करिब ५ सय बालबालिकाको शिक्षा आर्जनलाई निरन्तरता दिने अभियान चलाएर सहयोग पुर¥याएका थिए । दनै एनआरएनए बेल्जियमको युवा संयोजक हुँदा संगठनमा नयाँ युवाहरुलाई सहभागी गराउन अभिप्रेरित गरेकाले नै सामाजिक अभियान र एनआरएनएमा युवाहरुको चासो बढेकोछ । उनले अप्ठेरो परेका नेपालीलाई भाषा अनुवादक भएर होस कि घरव्यवहारमा पर्ने कठिनाईमा होस सहयोग गर्दै आएका छन् । नेपाली समुदायका सामाजिक, परोपकारी अभियान सफल बनाउन मात्र होइन उनको व्यवसायिक दक्षता र लगनशीलताले गर्दा ‘ट्रेन्ड ’ जस्ता बेल्जियमको नयाँ व्यवसायको खोज र मुल्याङ्कन गर्ने प्रख्यात संस्थाको नोमिनेसनमा परेर उनको कम्पनी पुरस्कृत भईसकेको छ ।
सधैं भद्र र शालीन रुपमा समाजमा प्रस्तुत हुने मदन दवाडीले नेपाली मिलन केन्द्र युरोपको महासचिव हुँदा नेपाली दुतावास सँगको सहकार्यमा एन्तवेरपेनको विलरेक पार्कमा भगवान बुद्धको प्रतिमा स्थापना गर्न भूमिका निभाएका थिए । बेल्जियमका स्थानीय संस्थाको सहकार्यमा नेपाली कलाकारको फोटो प्रदर्शनी, नेपाली खानाको प्रवद्र्धन र नेपाली कला संस्कृतिको प्रचार प्रसारमा दवाडीले काम गर्दै आएका छन् । बेल्जियमको नेपाली समुदाय र व्यवसायीहरुलाई अति आवश्यक हुने जानकारी लेख रचना र भिडियो बनाएर दिने गरेका छन् । नेपाली व्यवसायीहरुलाई आवश्यक कानुनी, प्राविधिक, भाषिक सल्लाह लगायत पर्सनल ट्याक्स तथा संघ संस्थाहरुको ट्याक्स सम्मका आम मानिसको जीवनसँग जोडीएका विषयमा सहयोग गर्दै आएका छन ।
उनले यहाँको कागज प्राप्त गर्नको लागि कम्युनमा अन्तरवार्ता दिन पर्दा डच भाषा नबुझ्ने नेपालीलाइ भाषा अनुवादकको रुपमा पनि काम गर्दै आएका छन । नेपालबाट स्नातकोत्तर गरेर विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा पढाउदै गरेका दवाडीको नेपालको त्रिभूवन विश्वविद्यालयको व्यवसाय संकायको स्नाकोत्तरको सर्टिफिकेटलाइ बेल्जियमको शिक्षा विभागबाट अर्थशास्त्र विज्ञानमा स्नाकोत्तरको (master in applied economic science) मान्यता पाएकोछ ।
दवाडी र दनैले नेपाली समुदायलाई आवश्यक जानकारीमुलक सुचना दिन व्यवस्थित प्रणालीको सुरुवात गर्ने, संस्थाका सुधारका एजेण्डालाई यहाँको नेपाली समुदायको सुझाव अनुसार लागु गर्ने, पन्जीकृत सदस्यता बनाउने हालको प्रणाली एमआईएस सिस्टमलाई व्यापक रुपमा सुधार गरि सुचनाको गोपनियता सम्बन्धी कानुन अन्तरगत रहि व्यक्तिगत विवरणको सुरक्षाको ग्यारेन्टी हुने गरि बनाउनको लागि आइसिसलाइ दबाब दिने, बेरोजगार, अर्ध बेरोजगार, गृहिणीहरुलाई विभिन्न सीपमुलकल तालिम दिइ पिनट्रेस्ट लगाएत अन्य सामाजिक संजाल मार्फत कारोबार गराइ अतिरिक्त आम्दानी गर्न सक्ने वातावरणको सृजना गर्ने, लगानी र देश विकासका कार्यान्वयनमा जटिल र महत्वाकांक्षी कुरा भन्दा स्थानीय नेपाली समुदायको सहयोग र उत्थानका लागि आपत्कालीन कोष, बेल्जियमका ठुला ठुला व्यवसायिक संस्था र सप्लायर्ससँग डिल गरेर हरेक सदस्यलाई फाईदा हुने र संगठनलाई पनि आर्थिक सहयोग पुग्ने योजना ल्याउने र फन्ड कलेक्सन गर्ने योजना बनाएका छन् ।
बृहत रुपमा सबैलाई सहज हुने गरी अनलाइन तथा भौतिक भाषा कक्षा, नेपाली कला र संस्कृत सम्बन्धी जानकारी दिने व्यवस्था गर्ने, नेपालको पर्यटन प्रवद्र्धनलाई नयाँ ढंगले संचालन गर्ने, बेल्जियम सरकारसँग नेपाली चाडपर्वमा विदा दिने व्यवस्था गर्नका लागि लबिङ गर्ने र युवा विद्यार्थी भाईबहिनीहरुले स्कुल कलेजमा साँस्कृतिक भिन्नताका कारण व्यहोर्नु परेका समस्या समाधानका लागि सम्बन्धित निकायमा डेलिगेसन जाने र सुधारका लागि प्रयत्न गर्ने, स्थानीय नगरपालिका र क्लवसँग मिलेर खेलकुदमा नेपाली युवाहरुलाई सहयोग गर्ने प्रोत्साहित गर्ने, खेलकुद आयोजना गर्ने, नेपाली पुस्तकालयको स्थापनाका लागि पहल गर्ने, सार्वजनिक सुनुवाई र समस्या समाधानका लागि हेल्लो एनआरएन हटलाइन संचालन गर्ने प्रतिवद्धता गरेकाछन् ।