जिल्ला प्रहरी कार्यलय मकवानपुरले अन्दाजी १६ लाख मुल्य बराबरको अवैध सुन बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक मन्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलीले बिहिबार बिहान ४ बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित सडक खण्डमा सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा १ सय ७५ ग्राम ०३ मिलि ग्राम सुन बरामद भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक एबम् प्रबक्ता टेक बहादुर कार्कीले बताउनु भयो ।
प्रबक्ता कार्कीका अनुसार सुन सहित १ जनालाई नियन्त्रणमा लिएको हो । काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको बागमती प्रदेश ३९००१ ख १८०३ नं को यात्रुवाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नं ७ बस्ने वर्ष ३३ को सन्तोष साह सोनारले अबैध भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको अवस्थामा सुनको ब्रास्लेट तिन थान र ससानो टुक्रा तिन थान गरी १ सय ७५ ग्राम ०३ मिलि ग्राम फेला परेको प्रबकता कार्कीले बताउनु भयो । सुनको बजार अन्दाजी मुल्य १६ लाख ६८ हजार ६ सय ६६ रुपैयाँ रहेको कार्कीले बताउनु भयो ।
निज सन्तोष साह सोनारलाई सुन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाएको उहाँले बताउनु भयोे । यस्तै गत मंगलबार बिभिन्न समयमा मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित मानिसहरु नियन्त्रणमा लिएको थियो । हेटौडा १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी निरिक्षक राजु केसी र प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवन बाट बिरगंज तर्फ जादै गरेको बिभन्न सवारी साधन संका लागी चेक जाँच गर्दा बागमती प्रदेश ०१०२५च ३३८४ नम्बरको कारको पछाडी डिक्कि बाट ४७ के.जी लागुऔषध गाँजा सहित कार र सहित १३ जना मानिस पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चालक जिलला पर्सा बिरगंज महानगरपालीका १४ बस्ने बर्ष ४२ को कन्हैयालाल महतो, वडा नम्बर १८ बस्ने बर्ष २० की दुसमेना खातुन,बर्ष २१ की पुजा कुमारी मण्डल,जिल्ला पर्सा पटेरवा सुगौली गाँउपालीका वडा नम्बर ४ बस्ने बर्ष २५ को बिनय चौधरी, प्र २०३-००७ प ४७५४ नम्बरको मोटरसाईकल, जिलला पर्सा बिरगंज महानगरपालीका वडा नम्बर १४ बस्ने बर्ष २६ को बिनोद मण्डल,बर्ष ३९ को बिनोद पासवान, डिएलवानजिसी ३०३५ नम्बरको ईण्डियन ट्रक सहित क्याबिनको मुनी बाट १४ वटा पोकामा १४३.८ केजी गाँजा पक्राउ गरीएको प्रहरी प्रबकता कार्कीले बताउनु भयो ।
उहाँका अनुसार ट्रक चालक देश भारत जिल्ला मोतिहारी गोबिन्द बारा बस्ने बर्ष ६५ को लाल बहादुर सहनी,साथै ट्रक चालकले उक्त ला।औ। ट्रकमा हाल्ने डिएलवान२सिए०५७८ नम्बरको ईण्डियन स्कारपियो गाडी,जिल्ला पर्सा बिरगंज महानगरपालीका वडा नम्बर १३ बस्ने बर्ष २५ को सन्तोस गुप्ता, जिल्ला बारा बिश्रामपुर गाँउपालीका ४ बस्ने बर्ष २४ को सुरज साह, बर्ष २१ को गौतम कुमार साह, जिल्ला पर्सा छिपहरमाई गाँउपालीका वडा नम्बर ३ बस्ने बर्ष ३१ को मोहमद नवसाद हुसेन र बर्ष २८ को रमेश यादव रहेका छन् । उनिहरुलाई जिलला प्रहरी कार्यलयमा नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।