हेटौंडा चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन रेडमी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले उत्कृष्ट प्रदर्शन र फिचर रहेको यो फोन नेपाली बजारमा ल्याएको हो । प्रदेश राजधानी हेटौंडामा पनि रेडमी १२ को सार्वजनिक गरेको छ । हेटौंडाको लागि आधिकारिक विक्रेता आर टु मोवाईलले एक कार्यक्रमका बीच उक्त मोडल सार्वजनिक गरेको हो । रेडमी १२ ६ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको आर टु मोवाईलका सञ्चालक राजकुमार दाहालले बताए । मोवाईलको स्टोरेज भने १ टीबीसम्म थप गर्न मिल्ने जनाएको छ ।
१२ एनएममा निर्मित अक्टाकोर मिडिया टेक हेलियो जी ८८ प्रोसेसर रहेको रेड्मी ट्वेल्भ दुई गिगाहर्जमा टुएक्स आर्म कोरटेक्स-ए५७ कोर तथा १.८ गिगाहर्जमा सिक्सएक्स आर्म कोरटेक्स ए५५ कोरसहित उपलब्ध रहेको यसमा प्रोसेसर आर्ममा जी५२ जीपीयू समावेश छ गरिएको दाहालले बताए ।
फोनको पछाडि भागमा तीन ओटा क्यामेरा दिइएका छन् । जसमा ५० मेगापिक्सेलको मेन क्यामेरा, १२० डिग्री फिल्ड अफ भ्यू भएको आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा समावेश गरिएको छ । फोनमा १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने पाँच हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
मिड नाइड ब्ल्याक, स्काई ब्लु र पोलार सिल्भर गरी तीन ओटा रङ्गमा उपलब्ध यस फोनको बजार मूल्य ६ जीबी+१२८ जीबी भेरियन्टका लागि १७ हजार ९९९ रुपैयाँ र ८ जीबी+२५६ जीबी भेरियन्टका लागि २० हजार ९९९ रुपैयाँ रहेको छ भने हेटौंडाको जुनसुकै मोवाईल पसलमा उपलब्ध हुने सञ्चालक दाहालले बताए ।
शुक्रबार नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्य, म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाई, निवर्तमान अध्यक्ष दिनेश लामा, मोवाईल महासंघ प्रदेश कोषाध्यक्ष मिलन स्याङ्तान, सदस्य कुमारमणि त्रिपाटी लगायत मोवाईल व्यवसायीहरुको सहभागिता रहेको थियो ।