गैर आवासीय नेपाली संघ बेल्जियमको नयाँ नेतृत्वका लागी आगामी जुलाई १६ तारिखमा निर्वाचन हुदैछ । अध्यक्ष पदका लागी सामाजिक क्षेत्रमा निकै संघर्षशील महिला सीता सापकोटाले आफ्नो उम्मेदवारी दिनु भएको छ । उहाँले नेपाली समाजलाई एकिबद्ध बनाएर हरेकको दुख सुखमा साथ दिन र परिस्कृत समाज बनाउन आफनो उम्मेद्धारी रहेको बताउनु भएको छ ।
एनआरएन बेल्जियमकी वर्तमान सल्लाहकार तथा सामाजिक अभियान्ता चितवन क्याटकी संस्थापक अध्यक्ष समेत रहेकी सापकोटाले एनआरएनए बेल्जियममा आफना महत्वपुर्ण एजेण्डाहरु समेत सार्वजनिक गर्नु भएको छ । एनआरएनए मार्फत नेपाली समुदायलाई सबल सक्षम बनाउन प्रशिक्षण लगाएतका बिभिन्न जागरुक खाले कार्यक्रम गर्ने बताउनु भएको छ ।
नेपाली समुदाय माईनर कम्युनिटी रहेको बताउदै सापकोटाले बेल्जियम सरकारसँगको सहकार्यमा यहाँ रहेका नेपाली समुदायका कानुनी समस्या हटाउन लागीपर्ने बताउँदै यहाँ रहेका नेपाली संघ संस्थाहरुको सहकार्यमा आफु अगाडी बढने बताउनु भयो ।
विगत दुई दशक देखी बेल्जियम बस्दै आउनु भएकी सापकोटाले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर एनआरएनएलाई एक ढिक्का बनाउने आफनो प्रमुख उद्देश्य रहेको बताउनु भयो । उहाँले बेल्जियम रहँदा विभिन्न सामाजिक कार्यहरु सँगै सक्रियता पूर्वक नेपाली समूदायका लागि परोपकारी कामहरु गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
स्पष्ट वक्ता तथा सामाजिक कार्यमा उच्च छवि बनाएकी सापकोटा अनुभव र कार्यकुशलताको आधारमा निकै सकृय जुझारु सबैले रुचाईएकी उम्मेद्वार हुन । सामाजिक अगुवा र जनमानसले विवेक प्रयोग गरी यो पटक आफुलाई नेतृत्वमा पठाउन न्यायसंगत हुने उहाँको तर्क छ । गैर आवाशीय नेपाली संघमा नागरिकताको समस्या सबै भन्दा ठुलो समस्या रहेकाले नेपाल सरकारसँग यसको समस्या समाधानका लागी पहल गर्ने बताउनु भयो ।
सापकोटाले एनआरएनए बेल्जियमको आगामी २०२३–२०२५ को नेतृत्वको लागि आफुलाई समय र परिस्थितिको साथ अनि समाजसेवाको लागि योग्य ठानेर एनआरएनए बेल्जियमको अध्यक्ष पदमा उम्मेद्धवारी रहेको बताउनु भयो । उहाँले बेल्जियमबासीहरु माझ समाज प्रतिको प्रतिवद्धता सहितको घोषणा गरेका बिभिन्न एजेण्डाहरुलाई कुरामा मात्र नभई कार्यान्वयन गरेर देखाउने समेत बताउनु भएको छ ।