हेटौंडा \ राईडर्स क्लबद्वारा आयोजित हेटौंडा कोरा साइकलिङ च्यालेन्ज –२०२३ शनिबार सम्पन्न भएको छ । हेटौंडाको हुप्राचौरबाट सुरु भएको साईकल र्यालीमा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष विकास ताम्राकारको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
हुप्राचौरबाट सुरुवात भई भुटनदेवी मन्दिर परिक्रमा गरि टिसिएन रोड,मेनरोड, चौकीटोल, जलेश्वर मन्दिर हुँदै वनस्खण्डी, सानोपोखरा लट्टिनाथ भैरवरोड चिल्ड्रेन पार्क हुँदै भुवनेश्वर पशुपतिनाथ, कमलडाडा गुम्बा हुदै सिमेन्टरोड गुम्बा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, मयुर धाप हेटौंडा १४, पदमपोखरी हेटौंडा–१३ पुगेको थियो ।
पदमपोखरीमा खाना खाएर पुनः सहभागीहरु पदमपोखरी भोर्ले हेटौंडा १२, नयाँ राप्ती पुल आलदमार हुदै हेटौंडा ११ नवलपुर हुदैं थानाभर्याङ्ग राप्ती पुल गोरक्षेश्वर मन्दिर हुँदै राप्ती रोड बुद्ध चोकमा भेला भई कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा मेडल, प्रमाणपत्र र जाइन्ट वाईसाइकल द्वारा प्रयोजन गरिएको उपहार पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न मन्दिर समिति, टोल बासीबाट स्वागत कार्यक्रम गरिएको थियो वडा नं. १४ मयुरधापमा झाँकी सहित स्वागत भएको थियो ।
कार्यक्रममा हेटौंडा, काठमाडौ निजगढ गरि दुई सय भन्दाबढी राईडर्सहरुको सहभागीता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य साईकलद्वारा हेटौंडाको धार्मिक तीर्थस्थल तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नु रहेको क्लबका अध्यक्ष ताम्राकारले बताए । कार्यक्रममा लेडिज राईडर्सलाई प्रोसाहन स्वरुप हेटौंडा राईडर्स क्लब द्वारा नगद तीन हजार सहित एक जना लेडि राईडर्सलाई पुरस्कृत गरिएको थियो ।