हेटाैंडा \ हेटाैंडा-१३ स्थित पदमपाेखरीमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम आयाेजना गरिएकाे छ । हेटाैंडा उपमहानगरपालिकाले सेवा प्रवाहकाे विषयमा स्थानीयकाे प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
हेटाैंडा-१३ का वडाध्यक्ष पेम्बा लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । हेटाैंडा-१३ नम्बर वडा कार्यालयमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रममा करिब १ दर्जनभन्दा बढी स्थानीयले सार्वजनिक चासाेका विषयमा प्रश्न उठाएका थिए ।
स्थानीयले वडाकाे शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, कृषिलगायत सार्वजनिक चासाेकाे विषयमा गुनासा तथा सुझाव राखेका थिए । दीर्घकालीन पूर्वाधार निर्माण गर्नुपर्नेमा सहभागीकाे जाेड थियाे ।
कार्यक्रममा स्थानीयबासी दिपेश मिश्र, नारायणप्रसाद पाैडेल, संगीता वाइबा, रामबहादुर वाइबा, शंकर राेक्का, उत्तम वाइबा, सरस्वती तामाङ, राधिका वाग्ले, धिरेन लामा, उत्तरसिं घलान, जगन्नाथ पाैडेललगायतले आफ्ना टाेलका समस्या र गुनासा राखेका थिए ।
कार्यक्रममा स्थानीयकाे चासाे, गुनासाे र प्रश्नकाे सम्बाेधन गर्दै उपमहानगर प्रमुख लामाले स्थानीयकाे समस्या समाधानमा आफ्नाे ध्यानाकर्षण भएकाे बताइन् । उपमहानगरले स्वास्थ्यकाे विकासमा ध्यान दिएकाे बताउँदै पदमपाेखरीमा ५ शैयाकाे अस्पताल निर्माणकाे तयारी भएकाे बताइन् । त्यस्तै पूर्वाधार विकासकाे क्रममा पदमपाेखरी सडक स्तराेन्नतिकाे लागि कराेडाैं रकम छुट्याइएकाे मेयर लामाले बताइन् । टाेलस्तरीय याेजनादेखि शिक्षा, स्वास्थ्य, कृषिलगायतकाे क्षेत्रमा आवश्यक बजेट छुट्याइएकाे उनले बताइन् ।
कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले स्थानीयकाे समस्या समाधान गर्न उपमहानगर सधैं तत्पर रहेकाे बताए । कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले उपमहानगरपालिकाले चालू आवमा १३ नम्बर वडामा गरेका कामहरु र आगामी आवमा छुट्याइएकाे याेजनाहरुकाे बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चाैलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायत विभिन्न शाखाका प्रमुख, प्राविधिकलगायतका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।