हेटौंडा \ नेपाल विद्यार्थी संघ मकवानपुर कार्यसमितिले ४१ औं वीपी स्मृती दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको मनकामना सामूदायिक वन उपभोक्ता समूह परिसरमा वृक्षारोपण गरिएको हो ।
संघका अध्यक्ष सुवास सापकोटाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको थियो ।
कार्यक्रममा पार्टीको जिल्ला सदस्य एंव सुचना तथा सञ्चार विभाग प्रमुख शिवप्रसाद खतिवडा (राजु), नेपाली कांग्रेसका नेता यतिराज सापकोटा, भीम लामा, मिठ्ठाराम दाहाल, प्राध्यापक श्याम सुवेदी, तरुण दल नेता सचित थापा, नेपाली काँग्रेस मकवानपुरगढी गापा इकाई सदस्य तथा मनकामना सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्षद्वय सुसन रुम्बा र सन्तोष चौलागाईं, नेविसंघ जिल्ला सचिवद्वय सुनील बोम्जन र आशिष बास्तोला, नेविसंघ जिल्ला सदस्य तथा स्ववियु मकवानपुर बहुमुखी क्याम्पस सचिव बर्षाद घिमिरे, जिल्ला सदस्यद्वय बुद्ध बराम र बुद्धराज सिंतान, नेविसंघ नेता उमेशलाल स्याङ्तान र स्ववियु मकवानपुर बहुमुखी क्याम्पस सदस्य आयुषा तिमल्सिना लगायतको सहभागी रहेको वृक्षारोपण कार्यक्रमका संयोजक एंव नेवि संघ जिल्ला सदस्य सोमलाल घलान(भुवन)ले बताए ।
कार्यक्रममा विद्यार्थी नेता, तथा कांग्रेसजनहरुको सहभागिता रहेको थियो । वृक्षारोपणमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको जनाइएको छ ।