एनआरएनए नेदरल्यान्डको दशौ महाधिवेशनबाट थानेश्वर कंडेल अध्यक्षमा निर्विरोध चयन हुनु भएको छ । सोमबार आम्स्ट्राडममा भएको महाधिवेशनले अध्यक्षमा कंडेलसंगै बरिष्ठ उपाध्यक्षमा भीम बहादुर रोका, पाँच क्षेत्रीय र खुला उपाध्यक्षमा क्रमश सीता सापकोटा, संघर्षशील केसी, सीता कुमारी थापा, पेमा लामा,अर्चना पाण्डे र रामचन्द्र पोख्रेललाई निर्विरोध चयन भएका छन् ।
त्यसै गरी महिला उपाध्यक्षमा अम्बिका गिरी, युवा उपाध्यक्षमा दिनेश गिरी,महासचिवमा साबित्री पौडेल सबु, सचिवमा सन्दीप विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै कोषाध्यक्षमा कमल बहादुर विश्वकर्मा,सहकोषाध्यक्षमा सुमन काफ्ले, महिला संयोजकमा सरोजा ढकाल गिरी र युवा संयोजकमा अनिल कार्की त्यसैगरी सदस्यहरुमा धन कुमार बोहरा, डम्बर कोइराला, राम बहादुर पौडेल, नर बहादुर कार्की, कैलाश गिरी, प्रेम बहादुर पुन, गगन जंग बहादुर सिंह, सुवास बस्नेत र भीमभक्त राई निर्विरोध चयन भएका छन् । एनआरएनए आईिससी सदस्यमा मीम बहादुर पुर्जा निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई एनआरएनए केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष नारायण आचार्य, युवा उपाध्यक्ष हिमाल गुरुङ, सचिव गंगाधर गौतम लगायतका केन्द्रीय र एनसिसीका पदाधिकारीहरुको रोहबरमा निर्वाचन समिति संयोजक एंव केन्द्रीय कोषाध्यक्ष फणिन्द्र पन्तले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।