हेटौडा / जिल्ला प्रहरी कार्यलय मकवानपुरले १ हजार ४ सय ९८ एम्पुल लागूऔषध डाईजेपाम सहित १ जना नियन्त्रणमा लिएको छ । शुक्रबार राती प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा नं १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बीरगंजबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०३ ००१ ख २३९८ नं को यात्रुवाहक बसको सह चालक जिल्ला पर्सा धोविनी गांउपालिका वडा नं ४ बस्ने बर्ष २२ को साकिर खानलाई शंका लागी चेकजाच गर्ने क्रममा निजले सो गाडीको डिक्की भित्र चामलको बोरा मुनी लुकाई छिपाई गरी ल्याईएको अबस्थामा लागुऔषध डाईजेपाम ५ सय एम्पुल, फेनारगन ४ सय ९८ एम्पुल, नुफिन ५ सय एम्पुल गरी जम्मा १ हजार ४ सय ९८ एम्पुल फेला परेको र उक्त लागूऔषध सहित निज साकिर खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुर प्रहरीले ६ किलो ५ सय ग्राम लागु औषध गाँजा सहित २ जना पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट बीरगंजतर्फ जांदै गरेको बा ४ ख २१९१ नं को यात्रुवाहक बसमा सवार जिल्ला सिन्धुली हरियरपुर गाँउपालीका वडा नम्बर ३ नयांबस्ती बस्ने बर्ष ३० को बुद्ध बहादुर भोलन र बर्ष ३० को लाल बहादुर तामाङलाई शंका लागी बसबाट ओराली शरीर तथा झोलाको खानतलाशी गर्दा उक्त झोला भित्र लागु औषध गांजा ६ किलो ५ सय ग्राम लुकाई छिपाई गरी ल्याएको अबस्थामा फेला परेको हा । लागुऔषध सहित निजहरु बुद्ध बहादुर भोलन र लाल बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले ९ किलो १ सय ५० ग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ गरेको छ ।
प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा नारायणघाटबाट बीरगंजतर्फ आउदै गरेको ना ८ ख ७३४६ नंम्बरको यात्रुवाहक बसमा सवार जिल्ला पर्सा पटेर्वा सुगौली गांउपालिका वडा नं १ बस्ने बर्ष ३१ को धनराज गिरी, देश भारत जिल्ला सितामडी मसल वडा नं ६ बस्ने बर्ष १९ को दिपक यादब, जिल्ला धनुषा महेन्द्रनगर नगरपालिका वडा नं ११ बस्ने बर्ष १९ को रवि कुमार महरा, र जिल्ला मकवानपुर राक्सीराङ गाँउपालीका ३ बस्ने बर्ष ४५ को बुदेलाल डिम्डुङलाई शंका लागी निजहरुलाई बसबाट ओराली रितपुर्वक निजहरुको शरीर तथा झोलाको खानतलाशी गर्दा झोला भित्र लागु औषध गांजा ९ किलो १ सय ५० ग्राम ल्याएको अबस्थामा फेला परेको हुंदा लागुऔषध सहित निजहरु धनराज गिरी, दिपक यादब, रवि कुमार महरा र बुदेलाल डिम्डुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले हेटौडा १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा बिशेष सुचनाको आधारमा अबैध रुपमा लुकाईछिपाई ल्याईएक चिनि,सुर्ती र अचार नियन्त्रणमा लिएको छ । रातोमाटे चौकीबाट खटिएको प्रहरी बरिष्ठ नायब निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डले बिरगंज बाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३ ००१ ख १८०३ नंम्बरको यात्रु बाहक बसलाई चेक जाँच गर्ने क्रममा उक्त बसको पछाडीको डिक्किमा अबैध रुपमा लुकाई छिपाई ल्याएको चिनि २ बोरा,तुलसी सुर्ति २ वटा सानो बोरामा सय प्याकेट, अचार १ काटुनमा ४ डब्बा गरी २२ हजार पाँच सय बराबरको बेबारीसे सामान फेला पारी नियन्त्रणमा लिईएको बताईएको छ ।