हेटौंडा \ उच्च अदालत पाटन हेटौंडा इजलासले १८ महिना देखी २ वर्ष नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको जनाएको छ । उच्च अदालत पाटन,हेटौंडा इजलासले सोमबार पत्रकार भेटघाटमा आर्थिक वर्ष २०७९/०८० मा १८ महिनादेखी २ वर्ष नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको जनाएको हो ।
अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टले सरल मार्ग (६ महिना), सामान्य मार्ग (१वर्षं) र विशेष मार्ग (१८ महिना) गरी ३ मार्गमा विभाजन गरि मुद्धा फछर्यौट गर्ने गरेको र आर्थिक वर्ष २०७९/०८० मा २ वर्ष नाघेको गत ०७८ मंसिर २१ गते दर्ता भएको मोटसाइकल चोरी सम्बन्धी एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको बताउनुभयो । उहाँले एक देखी महिनाका ३१९ वटा मुद्धा, ६ महिनादेखी १ वर्षसम्मका ८० वटा, १८ महिना सम्मको २९ वटा र २ वर्ष माथी को १ थान मुद्धा रहेको बताउनुभयो ।
रजिस्ट्रार भट्टले आर्थिक वर्ष २०७९/०८० अदालतले एक हजार ७४१ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएकोमा एक हजार ३१२ मुद्धा फछर्यौट गर्न सफल रहेको बताउनुभयो । जुन अदालतको फछर्यौट भएको मुद्धा लक्ष्यको ७५ Þ३६ प्रतिशत रहेको छ । मेलमिलाप गरेर मिल्ने मुद्धाहरुमा भने न्यून मेलमिलाप भएको पाइएको छ ।
अदालतका रजिस्ट्रार भट्टले अदालतमा दर्ता भएका देवानी भन्दा लागू औषधको मुद्दा बढी रहेकोले गत वर्षको ४२९ मुद्दा फछर्यौट हुन बाँकी रहेको बताउनुभयो । लागुऔषधमा २८९ मुद्धा दर्ता भए भने राहदानी र विदेशी विनियमको एक/एक मुद्धा दर्ता भएको रजिष्ट्रार भट्टले बताउनुभयो । अदालतको चालु आर्थिक वर्षमा अघिल्लो वर्षबाट ४२९ वटा मुद्धाको जिम्मेवारी सरेर आएको गत वर्षमा १ हजार १९६ थान नयाँ मुद्धा दर्ता भएको थियो ।
जरिवानाको लगतमा मकवानपुरको ५६ करोड ३५ लाख ४६ हजार २२४ रहेको छ भने फछर्यौटमा १६ करोड ४५ लाख ३१ हजार १३५ र बाकीँ ३९ करोड ९० लाख १५ हजार ८८ रुपैयाँ रहेको रजिष्ट्रार भट्टले बताउनुभयो ।
अदालतले चालु आर्थिक वर्षमा एक हजार २६७ नयाँ मुद्धा दर्ता हुने अनुमान गरिएको छ । चालू वर्षमा १ हजार १०४ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको अदालतका सुचना अधिकारी केशवराज कौशिकले बताउनुभयो । “उच्च अदालत पाटन हेटौँडा इजलासले पुरानवेदन मुद्धा, शुरु मुद्धा, साधक तथा रिट र निषेधाज्ञाका मुद्दाहरु हेर्ने गरेको छ, कौशिकले बताउनुभयो । ।
उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश अब्दुल अजिज मुसलमानले अदालत प्रतिको जनआस्था कायम राख्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अदालतको आदेश,फैसला र मुद्दामा प्रयोग हुने शब्द बुझ्न सहज बनाउन पत्रकार महासंघको सहकार्यमा पत्रकारसँग तालिमको आयोजना गरिने समेत बताउनुभयो । उच्च अदालत पाटन, हेटौंडा इजलासले मकवानपुर र चितवनको पुनरावेदकीय भएका मुद्धा हेर्ने गर्दछ ।