हेटौंडा \ हेटौंडा ४ र ५ को गर्दोईसहितका क्षेत्र डुवानमा परेको छ । अविरल वर्षाका कारण कर्रा खोलामा आएको बाढी गर्दोई, शान्तिनगर, पिप्लेको तल्लो क्षेत्र डुवानमा परेको हो । यहाँका केहीघरमा पानी पसेको छ । स्थानीय कर्रा खोला र खोल्सामा पानीको सतह बढेर बस्तितर्फ जाने जोखिम भएकाले सतर्कता अपनाउन वडा प्रहरी, नगर प्रहरीले स्थानीयलाई आग्रह गरेका छन् ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार अविरल वर्षाका कारण घरबस्तीमा डुवान भएको बताए । हामीले माइकिङ गरेका छौं, स्थानीयलाई सुरक्षित स्थानमा बस्न अधिकारीले बताए । ।
जोखिमको अवस्थाबारे बुझ्न हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष नवीन सिग्देल लगायत स्थानीय नेतृत्व, अगुवाहरु पुगेका थिए । हेटौंडा उपमहानगरपािलकाका प्रवक्ता सविन न्यौपानेले सुचना जारी गर्दै वर्षातको समयमा उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।
उनले केही समस्या भए प्रहरी, नगरप्रमुख, उपप्रमुख, प्रवक्ता, नगर प्रहरी र विपद्को सम्र्पक नम्बर उपलब्ध गराएका छन् । भारी वर्षातको समयमा विगतमा झैं कर्रा क्षेत्र गर्दोई, पिप्ले, शान्तिनगर डुवानमा पर्दै आइरहेको छ ।