हेटौंडा / हेटौंडा अस्पताल र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडामा २ सय ७२ जना कर्मचारी माग गरिएको छ । अस्पताल र स्वास्थ्य निर्देशनालयले सूचना प्रकासीत गर्दै कर्मचारी माग गरेको हो । अस्पतालको सेवालाई थप व्यवस्थीत बनाउनका लागि एक सय ३० जना कर्मचारी माग गरीएको छ । अस्पतालले माग गरेका कर्मचारीहरु अधिकांश स्वास्थ्य प्राबिधिकहरु रहेका छन् । सबै भन्दा धेरै स्टापनर्षमा ४५ जना कर्मचारी माग गरिएको छ भने अस्पतालले मेडिकल अधिकृतहरु, डाक्टरहरु, हेल्थ असिस्टेण्ट, ल्याब टेक्निसियन, फार्मेसी साहायक, रेडियो ग्राफर, मेडिकल रेकर्डर सुपरभाइजर सहायक कम्प्युटर अप्रेटर, सुरक्षा गार्ड, स्वीपर लगायतका १ सय ३० जना कर्मचारी माग गरिएको हो ।
यस्तै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाले प्राबिधिक स्तरका १ सय ४२ जना कर्मचारी माग गरेको हो । निर्देशनालयले सूचना प्रकाशीत गर्दै कर्मचारीहरु माग गरेको हो । निर्देशनालयले न्युरोलोजिष्ट, मेडिकल जनरलिष्ट, नर्सिङ अधिकृत, जनस्वास्थ्य अधिकृत, स्टाफ नर्ष, ल्याब टेक्निसियन, हलुका सवारी चालक, सुरक्षा गार्ड, फिजिसियन, आयुरबेदीक बिज्ञ, कार्यालय सहयोगि, कम्प्युटर अप्रेटर, फार्मेसी साहायक, डेण्टल सर्जन लगायतका कर्मचारीहरु माग गरिएको हो ।
कर्मचारी माग गरीएको बिज्ञापन हेर्नका लागी लिंकहरुमा क्लिक गर्नुहोस
https://hd.bagamati.gov.np/ne/content/cikitsk-tthaa-svaasthykrmii-lgaaytkaa-jnshkti-kraar-sevaamaa-bhrnaa-grne-smbndhi-suucnaa-1
https://hetaudahospital.gov.np/publication/3