हेटौंडा \ तामाङ पत्रकार संघ मकवानपुरले २९ औं तामाङ प्रशारण दिवस हेटौंडामा मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संघले दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो । संघले दिवसको अवसरमा डेढ दशकदेखी सञ्चारकर्ममा क्रियाशील पत्रकार दुदुमाया सिन्तानलाई सम्मान गरेको छ ।
सिन्तानलाई नगद पाँच हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान र संघका अध्यक्ष जयराम मोक्तानले संयुक्त रुपमा सम्मान गरिएको थियो । सिन्तानले संघको नेतृत्व समेत गरिसकेकी छिन् । मोक्तानको सभाध्यक्षमा भएको कार्यक्रममा घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, हेटौंडा उपमहागरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तान, जिल्ला समन्वय समितिका सदस्य सुमिरा लामाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराजा गौतम, नेपाल तामाङ घेदुङ संघका प्रदेश अध्यक्ष लिला कुमार घलान, जिल्ला अध्यक्ष कालु घलान, केन्द्रीय सदस्य मेम्बर लो, जिल्ला सचिव किरणमान बल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष जंगबहादुर गुरुङ, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईवा, संघका सल्लाहकार राजकुमार गोले लगायत तामाङ समुदायसँग जोडिएका संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले तामाङ समुदायको समग्र क्षेत्रको विकासमा तामाङ पत्रकारहरुको उल्लेख्य भूमिका रहेको बताएका थिए । तामाङ पत्रकारका लागि संघले विभिन्न कार्यक्रम गरि पत्रकारको नेतृत्व तथा क्षमता विकासमा कार्यक्रमहरु गरिने जनाइएको थियो ।