हेटौंडा \ हेटौंडामा सौन्दर्य सम्बन्धी विधागत तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । हेटौंडा १० मा रहेको आइटिसी व्युटी जोनले शुक्रबार साँझ एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको हो । व्युटि जोनका सञ्चालक मेलिना लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पल्र्स मेकअप स्टुडियोका सञ्चालक सञ्जु सुनार, एरोना व्युटी पार्लरका सञ्चालक सुष्मा थिङलगायतको आतिथ्यता रहेको थियो ।
हेटौंडामा विगत ७ वर्षदेखी व्युटी सम्बन्धी काममा क्रियाशील रहेको आइटिसी व्युटी जोनले व्यक्तित्व तथा सीप विकास गर्ने उद्देश्यले विभिन्न विधामा तालिम प्रदान गरेको थियो । हेटौंडाकै पहिलो नेल आर्टिस तथा चर्चित मेकअप आर्टिसको रुपमा रहेकी मेलिना लामाले तीन महिनेदेखी ६ महिना सम्मको तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको बताइन् ।
कार्यक्रममा सञ्जु सुनार, सुष्मा थिङ सहित ग्लामर व्युटि पार्लरकी वर्षा थापा मगर, काव्य व्युटिपार्लरका रन्जना खड्का र मीना तितुङ, आरएस व्युटि होमकी श्रृष्टि राई, आवर मास्टर नेल्स टेक्निसियन कोर्सका विद्यार्थी सरु गुरुङ, अस्मिता पौडेल दुलाल, क्रिशला तितुङ, सुस्मिता सापकोटा, आवर एर्वोड स्पेसल कोर्सका रेनुका ढकाल, आवर डिप्लोमा व्युटिसियनका संजिता अधिकारी, जेल नेल टेक्निसियन कोर्सका सुस्मिता थिङ र सुमिना थिङलाई प्रमाणपत्र प्रदान गरिएको लामाले बताइन् ।
हामीले विगतमा पनि विभिन्न तालिम प्रदान गर्दै आइरहेका छौं यो व्याच नं. २०८० का विद्यार्थीहरुलाई तालिम पश्चात प्रमाणपत्र दिइएको लामाले बताइन् ।
प्रमाणपत्र प्रदान गर्दै लामाले भनिन्ः आफ्नो सीपलाई जतिसक्दो प्रयोगमा ल्याउनुहोस् नबुझेका कुराहरु म सँग सेयर गर्न आग्रह गरेकी छिन् । तालिमपछि सेवालाई त्रीवता दिदैँ स्वरोजगार बन्न थप प्रेरणा मिल्नेछः उनले बताइन् ।