हेटौंडा / हेटौंडा ६ चौघडामा डेङ्गु रोग सम्वन्धि सरोकारवाला निकायहरुसंगअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष बिष्णु बहादुर दाहालले फैलोदो डेङ्गु रोग नियन्त्रण गर्न समुदाय स्थरबाट पहल सुरु हुनुपर्ने बताउनु भयो । वडा कार्यलयले डेङ्गु रोग नियन्त्रणका लागी वडाबासीहरुसंग सहकार्यमा बिभिन्न सचेतना कार्यक्रम गरेको भन्दै लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय रहेको बताउनु भयो ।
डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ जस्तै घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,लामो बाहुला भएको लुगा लगाउने,घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरु, बाल्टी तथा ब्यारेलहरु हटाउने,हप्तामा कम्तिमा एक पटक घर वरपरको गमलाको प्लेट, फुल दानी, कुलर, खाली कन्टेनरहरू र पुरानो टायरहरुलाई सफा गर्ने लगाएतका उपायहरुले यो रोग लाग्न बाट बच्न सकिने उहाँले बताउनु भयो ।
सस्थाका अध्यक्ष बासुदेव खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा खतिवडाले हरेक टोलटोलमा सचेतना फैलाएको र सावधानी अपनाउन आफुहरुले आब्हान गरेको बताउनु भयो । कार्यक्रममा चौघडा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङगेलले डेङ्गु रोग नियन्त्रणमा समुदायको पहल हुनुपर्नेमा जोड दिनु भयो । उहाँले घर आगन वरपर सरसफाइ गर्ने,पानी जम्न नदिने लगाएतका साबधानी अपनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले ६ नम्बर अध्यक्ष विश्वराज राई,नेपाली काग्रेश ६ नम्बर अध्यक्ष रामहरी तिमल्सीना हेटौडा ६ का जनप्रतिनिधि वडा सदस्यहरु लेखराज ढकाल, मुना बिक, विजय पौडेल लगाएतले यो रोगबाट बच्न सबै वडा बाशीहरुले आफनो टो,घर आँगन सफा राखी पानी जम्न नदिन आग्रह गरेका थिए । कार्यक्रममा गरिबी निवारण सहकारी अध्यक्ष कृष्ण प्रसाद सापकोटा ,रानी सामुदायिक वन उपाध्यक्ष केशव धिताल, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगाएतले डेङ्गु रोग नियन्त्रणबारे आआफनो धारणा राखेका थिए ।