हेटौडा \ हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले विकाश निर्माणमा राजनिति हुनु नहुने बताउनु भएको छ । शनिवार बिहान हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभालाई सम्बोधन गर्दै बानियाँले हामी निर्वाचनका बेलामात्र राजनितिमा हुन्छौ अरुबेला विकास निर्माण गर्ने हो उपप्रमुख बानियाँले बताउनु भयो ।
विकाश निर्माणमा उपमहानगरले सबैको साझा भएर काम गरीरहेको बताउदै उहाँले राजनिति गर्ने भनेको अब २०८४ सालमा हो तर अहिले चै विकाश गर्ने हो उहाँले उद्घोष गर्नु भयो । उपमहानगर टोल विकाश संस्था मार्फत विकाश निर्माणको कामहरु गर्न तयार रहेको र गरीरहेको बताउँदै उहाँले विकास निर्माणमा हरेक टोल विकास संस्थाको भुमिका रहने बताउनु भयो । उहाँले आफु अहिले पार्टीको होईन विकास निर्माणको झण्डा बोकेर हिडेको बताउनु भयो । हामी जनप्रतिनिधि सबैले पार्टीको भन्दा पनि विकास निर्माणको झण्डा बोकेर अघि बढन सके नगरको मुहार फेरिने बताउनु भयो ।
संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष धितालले संस्थागत प्रतिवेदन प्रस्तुत गदै संस्थालाई नगरको उत्कृष्ठ टोल विकास संस्था बनाईने बताउनु भयो । उनले यस आर्थिक वर्षमा संस्थाले बाल क्लव, ज्येष्ठ नागरिक र महिला उपसमूह बनाईने, बचत तथा ऋण कार्यक्रमलाई प्रभावकारी बनाईने, सरसफाई, विद्युतीकरण, स्थानीय क्षेत्रको मठ, मन्दिर, पार्कलाई व्यवस्थित गरिने, सडकको दायाँबायाँ वृक्षारोपण, विभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गरिने बताउनु भयो ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडल, लेखराज ढकाल, संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकोटा, तेजनाथ ढकाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, बागमती प्रदेश पार्षद सुनिल शिवाकोटी, नेपाल चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्ष कपिल खड्का, बामगती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारीको आतिथ्यता रहेको थियो । त्यस्तै टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नवजीवन ज्योति क्लवका अध्यक्ष राजकुमार बास्तोला, संस्थाका सचिव भरत सापकोटा, प्रहरी चौकी चौघडाका ईन्चार्ज विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता थियो । संस्थाको आफनै सुविधा सम्पन्न २ तल्ले भवन रहेको छ भने पुस्तकालय, कम्युप्टर, ईन्टरनेट, मन्दिर लगायतका सुविधा रहेको यस टोल विकास संस्थामा १ सय २० घरधुरी आवद्ध रहेका छन ।