हेटौडा \ हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले पशुहरुमा लाग्ने खोरेत विरुद्धको भ्याक्सिन लगाउने कार्य शुरु गरेको छ । संस्थाको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्याक्सिन लगाउन शुरु गरिएको हो ।
संस्थाले संस्थाको कार्य क्षेत्र चिसापानी, न्यूरेनी, चौघडा, रक्षादेवीटोल, कालीपोखरी, दिब्यनगर, देवीडाँडा, शान्तिटोल, चुच्चेखोला, कुमलटार, पुतलीबजार लगायतका क्षेत्रहरुमा रहेका किसानहरुको पशुहरुलाई यो खोप विरुद्धको भ्याक्सिन लगाईएको संस्था उपाध्यक्ष केशव धितालले बताए ।
यस वर्ष संस्थाले भैसी,गाई, गोरु, पाडापाडी, बाच्छाबाच्छी समेत गरि करिव ३ सय पशुहरुलाई यो रोग विरुद्धको भ्याक्सिन लगाउने लक्ष्य रहेको पशु प्राविधिक मदन न्यौपानेले बताए ।
मुख तथा धुनमा घाउ आउनु, जिब्रो सुनिनु, उच्च ज्वरो आउनु खोरेत रोगको लक्षण हो । संस्थाले प्रत्येक वर्ष नाम्ले जुकोको ओषधि र खोरेत विरुद्धको भ्याक्सिन लगाउदै आएको ब्यवस्थापक लक्ष्मण सापकोटाले बताए । संस्थामा ३ सय ३० जना शेयर सदस्य रहेका छन ।