हेटौंडा \ मकवानपुरका सांसदसहितको टोलीद्वारा हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराइएको छ । सडक विस्तार गर्ने सरकारको कामलाई कसैले बाधा, अबरोध नगर्ने तर, सडक विस्तारकै कारण हेटौंडाको एचआइडी, मेनरोड, रापतीरोडका घरधनी र व्यावसायीहरु सुकुम्वासी हुने भएकाले मुआव्जा दिएर मात्र भत्काउनका लागि माग गरेका हुन् ।
आज बिहान मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँका घरधनी र व्यावसायीहरुलाई उचित क्षेतिपूर्ति र मुआव्जा दिएरु मात्र सडक विस्तार गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
हेटौंडाको रातोमाटे देखि रापती पुल सम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआव्जा दिनुपर्ने उनीहरुले माग राखेका हुन् । प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरुको टोलिले पहिले यहाँका घरहरुको लगत संकलन गर्नुपर्ने र त्यसपछी मुआव्जा दिएर भत्काउनका लागि ध्यानाकर्षण गराएका हुन् ।
संघिय संसदमा मकवानपुरबाट प्रतिनिधित्व चार सांसदहरू महेश कुमार बर्तौला, दिपकबहादुर सिंह, विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, पूर्व सांसदहरु कृष्ण प्रसाद दाहाल, अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवाल लगायतकाको टोलिले आज बिहान प्रधानमन्त्रीलाई भेट गरेको हो ।