हेटौंडा \ नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले दिन दाहाडै नेताहरुमाथिको आक्रमण निन्दनीय रहेको बताएका छन् । बिहिबार साँझ हेटौडामा केन्द्रीय सदस्य भेटवालको नेतृत्वमा निकालिएको खबरदारी ¥यालीलाई सम्बोधन गर्दै भेटवालले राजनैतिक पुर्वग्रह राखी संगठनका पुर्व अध्यक्ष एवं काग्रेस सहमहामन्त्री महेन्द्र यादव माथिको आक्रमण सिंगो पार्टी र तरुण संगठन माथि भएकोले यसले गम्भिर प्रश्न उब्जाएको बताउनु भयो ।
उहाँले राजनैतिक प्रतिशोध साँचेर घुसपैठ रुपमा धारिलो हतियार प्रयोग गरी यादव माथि ज्यान मार्ने शैलीले गरेको आक्रमणलाई गृह मन्त्रालयले कुनै चासो र चिन्ता नलिएको भन्दै दोषीमाथि कडा भन्दा कडा कारबाही नगरे गृह मन्त्रीले राजिनामा दिनुपर्ने माग गर्नु भएको छ । राजधानी जस्तो ठाँउ त्यसमा पनि भिआईपी क्षेत्रमा एउटा व्यक्ती खुलेआम धारिलो हतियार लिएर मान्छे मार्ने शैलीमा उत्रिदा पनि शान्ति सुरक्षाको प्रत्याभुति दिने गृहमन्त्रालय कहाँ लुकेको छ,प्रहरी प्रशासन कता गएको छ भन्दै भेटवालले आक्रमणकारीलाई कानुनले कारबाही नगरे नेपाल तरुणदलले कारबाही गरेर देखाउने चुनौती दिएकाछन् ।
पछिल्लो समय विभिन्न बहानामा काग्रेसका नेताहरुलाई छानिछानी आक्रमण गर्दै जेल चलान गर्न सरकार लागी परेको बताउँदै भेटवालले एमाले माओवादीका नेताहरुको विभिन्न काण्डहरुमा चौतर्फी नामहरु सार्वजनिक हुदाँ समेत पक्रन नसकेकोमा राजनैतिक पुर्वग्रह भएको बताउनु भयो ।
नेपाली काग्रेस मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको खबरदारी ¥यालीमा मसाल जुलुस समेत निकालिएको थियो । बुद्धचोकमा पुगेर कोणसभा गर्दै सम्पन्न कार्यक्रममा तरुणदल मकवानपुर सचिव सचित थापा,नेविसंघका केन्द्रिय सदस्य मिलन पुडासैनी,उमेशलाल स्याङ्तान,जिल्ला तहका नेविसंघका प्रतिनिधिहरु,मकवानपुरका तरुण नेताहरु विकेशलाल श्रेष्ठ,राजकुमार बास्तोला,कुमार पोखरेल,काग्रेस महासमिति सदस्य जनक उप्रेती, लगाएतको सहभागीता रहेको थियो ।