हेटौंडा \ नेपाल तरुण केन्द्रीय सदस्य राजेश भेटवालको नेतृत्वमा हेटौंडामा खबरदारी ¥याली निकालिएको छ । नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष एंव काग्रेस सहमहामन्त्री महेन्द्र यादव माथि बुधबार रिपोर्टस क्लबमा धारिलो हतियार प्रयोग गरी गरीएको आक्रमणका विरुद्ध दोषीलाई कडा कारबाहीको माग राख्दै खबरदारी सभा गरीएको तरुण नेता विकेशलाल श्रेष्ठले बताए ।
तरुण दलका पूर्व अध्यक्ष यादव माथि भएको सांघातिक हमला प्रति घोर भत्सर्ना गर्दै बिहिबार मसाल जुलुससंगै खबरदारी सभा गरीएको थियो । खबरदारी सभामा केन्द्रीय सदस्य भेटवालले रिर्पोटर्स क्लबबाट बाहिरिने क्रममा आफूलाई राजावादी बताउने श्याम प्रसाद सापकोटाले धारिलो हतियार प्रयोग गरी आफना नेतामाथी गरेको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएकाछन् । उनले गणतान्त्रिक मुलुकमा जिम्मेवार दलका नेतालाई दिनदाहाडै सांघातिक आक्रमण गरिएको कार्य कुनैपनि अवस्थामा क्षम्य नहुने भन्दै सभामार्फत आक्रमणकारी सापकोटालाई कडाभन्दा कडा कारवाहीको माग गरेकाछन् ।
साथै नेता यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडी बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर दोषी उपर कडाभन्दा कडा कारवाहीको दायरमा ल्याउनको लागि नेपाल सरकार गृहमन्त्रालयसँग जोडदार माग गरेको समेत उनले बताएकाछन् ।
उनले राजनैतिक प्रतिशोध साँचेर घुसपैठ रुपमा धारिलो हतियार प्रयोग गरी यादव माथि ज्यान मार्ने शैलीले गरेको आक्रमणलाई गृह मन्त्रालयले कुनै चासो र चिन्ता नलिएको भन्दै दोषीमाथि कडा भन्दा कडा कारबाही नगरे गृह मन्त्रीले राजिनामा दिनुपर्ने माग गर्नु भएको छ ।
नेपाली काग्रेस मकवानपुरको पार्टी कार्यलयबाट सुरु भएको खबरदारी ¥यालीमा मसाल जुलुस समेत निकालिएको थियो । जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन बुद्धचोकमा पुगेर कोणसभा गरी सकिएको थियो । कार्यक्रममा तरुणदल मकवानपुर सचिव सचित थापा, नेविसंघका केन्द्रीय सदस्य मिलन पुडासैनी, उमेशलाल स्याङ्तान,जिल्ला तहका नेविसंघका प्रतिनिधिहरु,मकवानपुरका तरुण नेताहरु बिकेशलाल श्रेष्ठ,कुमार पोखरेल, राजकुमार बास्तोला,काग्रेस महासमिति सदस्य जनकराज उप्रेती, लगाएतको सहभागीता रहेको थियो ।