हेटौंडा \ नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । संघ महिला विभागले शनिबार हेटौंडामा तीज विशेष कार्यक्रमको आयोजना गर्दै नजिकिदै गरेको हरितालिका तीजको अवसरमा महिला शिक्षकलाई दर समेत खुवाएको हो ।
शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको सभाध्यक्षतामा गुणस्तरीय सार्वजनिक शिक्षामा महिला शिक्षकको भूमिका तथा तीज विशेष कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली कांग्रेस बागामती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी, कांग्रेस बागामती प्रदेश सदस्य प्रदीप कोइराला, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति माइकल रामचन्द्र अर्याल रघुरमण न्यौपाने, शिक्षक संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, कांग्रेस मकवानपुरका उपसभापति तथा बकैया गापा अध्यक्ष धर्मराज लामिछाने, सह–सचिव ईन्दिरा न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, कांग्रेस हेटौंडाका निवर्तमान सभापति आन्नदराम पराजुली,नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, शिक्षक संघ मकवानपुर सचिव श्रीराम लुईटेल, शिक्षक संघ हेटौंडा अध्यक्ष मन्दिरा घिमिरे शिक्षक संघ सल्लाहाकार सावित्री अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
शिक्षक संघ महिला विभागले तीजको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत महिला शिक्षकहरुलाई एक ठाउँमा भेला गराएर सामुहिक रुपमा दर खुवाइएको कार्यक्रम संयोजक उमा कोइरालाले बताइन् ।