हेटौंडा \ कक्षा ६ मा पढ्दा पढदै एकजना साथी सँग बाँसुरी बजाउन तिर आर्कषित भएका हेटौंडाका उज्जवल शर्मा भण्डारी अन्तत बाासुरी वाद्यवादनबाटै कला क्षेत्रमा प्रवेश गर्न सफल भएका थिए । बाँसुरी बजाउने गर्दा गर्दै भण्डारी संगीतको रसबाट बाहिर निस्कन सकेनन । घरतिर बसेर बाँसुरी बजाउँदा उनलाई आफन्तहरुले चासो राखेनन् बरु आफु पनि त्यही बाँसुरी जस्तै होलास भन्ने आरोप खेप्नु पर्यो । भनिन्छ छ नि आँट गरे सपना पुरा हुन्छ यस्तै भएको छ भण्डारीलाई ।
बाँसुरी बजाउने कलालाई तत्कालीन राजा विरेन्द्रको सवारी हेटौंडामा हुदाँ खोजी भयो । उनै भण्डारी यसका लागि छानिए । राजाको कार्यक्रममा बाँसुरी बजाउने भनेपछि भण्डारीको तारिफ जिल्लामा मात्र होईन अन्यत्र पनि चल्न थाल्यो । उनले बाँसुरी सँगै गितारपनि बजाउन थाले । यो सँग भण्डारीको जीवनमा संगीत छाप बनेर बसीरह्यो ।
बाँसुरी बजाएर गीत संगीतको कार्यक्रमहरुमा स्टेज चढ्दा चढ्दै भण्डारीले २०५१ सालमा तरंग सांस्कृतिक परिषदको स्थापना गरे थिए । यसबाट रंगमञ्च कला क्षेत्रको बाटो समाउन पुगेका भण्डारीे बासुरी वाद्यवादन सँगै सडक नाटकतिर लाग्न थाले । उनी रंगमञ्च नाटकलाई पनि लिएर अगाडी बढ्न थाले । उनले अहिले रंगमञ्च नाटक अभिनयलाई आफनो जीवनमा कला देखाउने प्यार बनेको बताउछन् ।
सडक नाटक अभिनय गर्दै गर्दै भण्डारीको भेट आरोहण गुरुकुल संचालक सुनिल पोखरेलसँग भयो । यो भेट नै उनका लागि कला बेच्ने माध्यम बन्यो । भण्डारी अब सडक नाटक हुदै स्टेज नाटकमा पुगे । हेटौंडामा नाटक घर खोलेर यो क्षेत्रमा गरेको संर्घष भण्डारीका लागि कला बेच्ने माध्यम त बन्यो तर आर्थिक अभावका कारण ती सपनाहरु पुरा हुन सकेनन् । उपत्यका पछि दोश्रो नाटक घर खोलेर हेटौंडामा भण्डारीले नाटक महोत्सव सम्म गरे । देशैभरका रंगमञ्च कलाकार पनि हेटौडामा भित्र्याएर महोत्सव गरेका भण्डारीले यसलाई भने हेटौंडामा टिकाउन सकेनन् ।
मकवानपुरमा नाटक गतिविधि गर्न खोजेको हो त्यो सोचलाई समयले साथ नदिएकोले पनि चाहनाहरु पुरा नभएको अध्यक्ष भण्डारी बताउछन् । बजेटको अभावमै नाटक कला रोक्नुपर्ने बाध्यता बनेको भण्डारीको भनाई छ । तरपनि राष्ट्रिय महोत्सवहरुमा सहभागि हुने गरेको भण्डारीको तर्क छ । अहिले पनि भण्डारी नाटक घरको अभावले छटपटाईरहेका छन् । उनमा नाटक कलाको भुत थामिसक्नुको छैन । चलचित्रमा अभिनय गरेजस्तो नाटक नभएको उनी बताउछन् । नाटक जिवन्त छ, यर्थात छ तर चलचित्र अभिनय बिना स्वादको छ यसैले आफुलाई रंगमञ्चनै प्यारो लाग्ने उनी बताउछन । नाटकबाटै उनी चलचित्र अभिनयमा लागे । उनले लगभग एक दर्जन जति नेपाली चलचित्रहरुमा अभिनय गरीसकेकाछन् ।
उनले पवित्रा, अन्तराल, कागजपत्र, उमा लगाएतका चलचित्रहरुमा अभिनय गरिसकेकाछन् । उनले चलचित्रमा अभिनय गरेर कलाको रस नमेटिने बताउछन् । केही वर्ष पहिले त अलिअलि नाटक प्रति रहलपहल थियो अहिले खासै नाटक भन्दा चलचित्रको अभिनयमा कलाकारहरुको आर्कषण बढेकाले गतिविधि बढाउन गाह्रो परेको भण्डारीको भनाई रहेको छ । अहिले विभिन्न जिल्लाहरुमा हुने महोत्सवहरुमा सहभागी हुने बाहेक अरु कामहरु मकवानपुरमा गर्न नसकेको उनको भनाई छ । जिल्लामा हुने फाटफुट गतिविधिले रंगमञ्च नाटकको प्यास नमेटिने उनको भनाई छ । आर्थिक अभाव सँगै नाटक लगानीकर्ताको अभावलेनै रंगमञ्च नाटकमा आधा दशकदेखी सुनसान बनेको छ ।
हेटौडामा नाटक घरको अभावले यो क्षेत्रमा लागेकाहरु पलाएन भएको उनको तर्क छ । अन्तराष्ट्रिय नाटक महोत्सवमा समेत गतिलो उपस्थिति जनाएर चर्चा कमाएको मकवानपुरमा कलाकारहरु यो क्षेत्रमा भविष्य नदेखेर एकाएक बाहिरीन थालेपछि नाटक क्षेत्रमा अहिले मकवानपुर सुनसान छ । झण्डै १० वर्ष पहिले हेटौंडामा नाटक घर नै सञ्चालनमा ल्याईयो । महिनामा २ पटक भएपनि नाटक प्रदर्शन गर्ने लक्ष्य थियो तर निरन्तरता पाउन सकेन । कलाकारको अभाव, उचित व्यवस्थापन र दर्शकको अभावले ६ महिनापछि यसले निरन्तरता पाउन सकेन ।
यी समस्याको व्यवस्थापन नगर्दासम्म मकवानपुरको नाट्य क्षेत्र उठ्न गाह्रो देख्नेहरु धेरै छन् । तर यर्थात कुरा चै के भने कलाकारहरु सिनेमामा तिर लाग्नु अनि लगानी कर्ता अभाव हुनुनै मकवानपुरमा नाट्य गतिविधि सुनसान हुनु स्ववाभिक हो । स्थानीयतहहरुले अब बजेट बिनियोजन गर्न सके र नाटकघर बनाएर अघि बढ्न सके फेरीपनि मकवानपुरमा रंगमञ्च नाटकमा चहलपहल हुनेछ र नयाँ कलाकार जन्माउने थलो बन्ने छ ।