हेटौंडा \ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै विपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार हेटौंडामा विपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा विपीको सिद्धान्त गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले सबै कांग्रेसीकार्यकर्ताहरु एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गरेका छन् ।
विपीले भन्नुभएको सिद्धान्त अनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट बञ्चित हुनुनपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अंगाल्न नसकेकोमा आफुलाई दुःखलागेको बताए ।
देशको परराष्ट्रनीति कमजोर हुदाँ विदेशीले हेप्ने परिपाटी देखीएकाले परराष्ट्र नीति दह्रो बनाउनुपर्ने बताए । उनले देशमा दण्डहिनता बढेको भन्दै राज्य उत्तरदायित्व र पारदर्शी हुन नसकेको आरोप लगाएका छन् । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथीको आक्रमण सिंगो लोकतान्त्रिक व्यवस्था माथी भएको भन्दै विपीको आर्दश सिद्धान्त भुलेका कारण यस्तो अराजकता बढेको बताए ।
बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक रहेको देशमा जातीय द्धन्दले देशलाई विखण्डित बनाउने भन्दै भष्ट्रचार दण्डहिनता र पारदर्शीताको विचारलाई गम्भीर भएर बुझ्नुपर्नेमा जोड दिए । पार्टीभित्र व्यक्तिवादी चरित्र हावी भएको भन्दै यसलाई सुधार गरेर एक ढिक्का हुन नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।
विपी विचार समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँ, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, मकवानपुर जिल्ला सभापति बद्ध लामा, चितवनका जिल्ला सभापति राजेश्वर खनाललगायतले विपीका विषयमा विचार राखेका थिए ।