हेटौंडा \ टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को अध्यक्षमा बासुदेव खतिवडा निर्वाचित भएका छन । भदौ १ गते भएको निर्वाचनमा खतिवडा ३९ मत प्राप्त गरेर विजयी हुन भएको हो । उनका निकटतम प्रतिद्धन्दी बलभद्र खतिवडाले ३७ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा रमेश कुमार थापा ४२ मत प्राप्त गरि विजयी भएका थिए भने बहाका निकटतम प्रतिद्धन्दी हरिप्रसाद दाहालले ३३ मत प्राप्त गरेका थिए । सचिवमा राजकुमार फुयाँल ३८ मत प्राप्त गरि विजयी भएका थिए भने वहाका निकटतम प्रतिद्धन्दी हरिकृष्ण पुडासैनीले ३७ मत प्राप्त गरेका थिए । यसैगरि कोषाध्यक्षमा नानीमाया रुम्वा ४० मत प्राप्त गरि विजयी भएका थिए भने वहाका निकटतम प्रतिद्धन्दी शोभा घिमिरेले ३३ मत प्राप्त गरेका थिए ।
यसैगरि सदस्यहरुमा जीवकुमारी पौडेल, निर्मला राई, पवित्रा अधिकारी, पवित्रा थापा, मदन न्यौपाने, शोभा ढुङगाना र सविना गुरुङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक रुपेश दुलालले बताए ।
समन्वय समितिको श्रावण २८ गतेका दिन भएको साधारणसभामा सर्वसम्मत नेतृत्व चयन हुन नसके पछि वडामा क्रियाशिल विभिन्न पार्टीहरुले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा र राप्रपा नेपाल लगायत पार्टीहरुले गठबन्धनै बनाएर निर्वाचनमा गएका थिए । निर्वाचनमा ७७ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
निर्वाचन गराउनको लागि रुपेश दुलाल संयोजक सुनिल शिवाकोटी र चन्द्रावती पनेरु सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।