हेटौंडा \ दुर्गा प्रसाईको नेतृत्व एंव संयोजनमा गठन गरिएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको मकवानपुरमा नयाँ समिति चयन गरिएको छ । शनिबार बसेको एक भेलाले भीम बहादुर राउतको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको हो ।
मकवानपुर जिल्ला सचिवालयमा भएको एक भेलाले राउतको नेतृत्वमा नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण बहादुर तामाङ, द्धितीय उपाध्यक्ष सिमानी प्रजा, सचिवमा दिल कुमार लामा चयन भएका छन् ।
महाअभियानका बागमती प्रदेश सदस्य एंव क्षेत्रीय ईन्चार्ज बासु कार्कीको उपस्थितीमा नयाँ समिति चयन गरिएको समितिका अध्यक्ष राउतले बताए । ३१ ज्ना सदस्य समितिमा रहेको र सल्लाहकारहरुमा कृष्ण जोशी, सुन्दरजंग शाही, गोपी खड्का, राजाराम शर्मा, रामेश्वर पौडेल, शान्ति रेग्मी रहेको अध्यक्ष राउतले बताए ।
यस अघि महाअभियानको मकवानपुर अध्यक्षमा तुल्सीराम राउत रहेका थिए । महाअभियानले बैंक तथा वित्तीय संस्थाहरुको ज्याजति विरुद्ध आवाज उठाउने र चाडैं चरणबद्ध विभिन्न कार्यक्रम गर्ने तयारी रहेको महाअभियानका प्रदेशका सदस्य बासु कार्कीले बताए । हामीले व्यवसायी र पिडितको पक्षमा बोल्दै अघि बढ्छौं, कार्कीले भने ।