हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आव ०७९/८०मा २० करोड ५२ लाख ३९ हजार ६०९ रुपैयाँ कर्जा लगानी गरेको छ । शनिबार संस्थाको १५ औं वार्षिक सभा आयोजना गर्दै उक्त वित्तीय विवरण प्रस्तुत गरिएको हो । संस्थाका अध्यक्ष फुलमान श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर ११ का वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आव ०७९/८०मा भएका वित्तीय सुचाङ्क प्रस्तुत गरेका थिए । सभाको अवसर पारेर सहकारीले विभिन्न विधामा शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
सहकारीले असल ऋणी तर्फ दीपक बर्तौला, नियमित बचत तर्फ रसिला राना, उत्कृष्ट बात बचत तर्फ प्रमिशा घिमिरे, एकल महिला बचततर्फ गोमा लामिछाने, जेष्ठ नागरिक बचततर्फ कृष्णमाया श्रेष्ठ, पेन्सन बचततर्फ डोलमाया गुनी, नवयुवा विशेष बचततर्फ अमरदीप मण्डल, दैनिक बचततर्फ विमलकुमार बर्तौला र मोवाईल बैंकिङ सेवा तर्फ सवनम् श्रेष्ठलाई सम्मान गरिएके थियो ।
त्यस्तै, सामूदायिक विद्यालयतर्फ ईशा खड्का र संस्थागत विद्यालयतर्फ रिभिजन हुमागाईलाई छात्रवृति पुरस्कार प्रदान गरिएको थियो भने एमविविएस अध्ययनतर्फ अनुप धिताललाई सम्मान गरिनुका साथै सर्वोत्कृष्ट कर्मचारी पुरस्कार संस्थाका लेखापाल युवराज ढकाललाई प्रदान गरिएको थियो ।
दुई हजार ३० जना शेयर सदस्य रहेको संस्थामा शेयरपुजीँ २ करोड ८७ लाख १५ हजार ९ सय रहेको छ । संस्थाको बचत निक्षेप २१ करोड ८७ लाख ७८ हजार ८३८ रहेको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठ(राजेश)ले बताए । सहकारीमा जगेडा कोषमा १ करोड ३४ लाख ३१ हजार ३२३ रहेको श्रेष्ठले बताए । संस्थाको कुल वासलात हिसाब २७ करोड ८९ हजार ४२ हजार ५१७ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
सभामा हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, संस्थाका संस्थापक अध्यक्ष गोकर्ण पराजुली, वडा सदस्यहरु विकास नेपाल, गोपिनी सापकोटा, सन्देश विडारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य शंकर कालाखेती, नेफ्स्कुन फिल्ड कार्यालयका इन्चार्ज ज्योति महत, बागेश्वरी महिला साकोसका अध्यक्ष आशा अधिकारी, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, त्रिभूवन माविका अध्यक्ष दीपक उप्रेती, सीताराम बर्तौला, बद्री प्रसाद चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।